
कवि एवम् गीतकार शिव पलाँसको म मर्दा को -को मलामी आए बोलको नयाँ सांगीतिक गजल सार्वजनिक भएको छ । मृत्युबोध गरिएको यो गजलमा मान्छेहरुको दोहोरो चरित्र र हराउदै गएको समवेदना प्रति ब्यङ्य पनि गरिएको छ ।
ध्रुपद गायनका विध्यार्थी केशव बादीको संगीत तथा स्वर रहेको गजललाई दिक्षित पौडेलले एरेन्ज गरेका हुन् भने सम्पूर्ण ताम्रकारले रेकर्डिङ गरेका हुन् । गायनमा उदाउदै गरेका केशव बादीले गजलका शब्दहरुमाथि न्याय हुने गरि संगीत सृजना गर्न र स्वर भर्न आफूले सम्पूर्ण कोशिश गरेको बताए ।
यस गजललाई पलाँस क्रिएशन युट्युब च्यानल मार्फत भर्खरै सार्वजनिक गरिएको छ । अमेरिकाको नर्थ क्यारोलाइना निवासी गीतकार पलाँस दुई दशकदेखि साहित्य लेखन र गीति सृजनामा निरन्तर क्रियाशिल सर्जक हुन् । उनको मायाँ गर्नुको अर्थ गीति सन्चयन प्रकाशित छ ।
पलाँसका शब्दमा ख्यातिप्राप्त कलाकार दीप श्रेष्ठ , कर्ण दास , शिशिर योगी , बि बि अनुरागी , सन्जु थापा , प्रमोद खरेल देखि नयाँ पुस्ताका समिक्षा अधिकारी, रचना रिमाल र बाल कलाकार अनुजा कडरिया सम्मले संगीत र स्वर मिसाइसकेका छन् ।
माया गर्नुको अर्थ , बेहोशीमै छोडी गयौ , खोकी लाग्दा हररो , खुकुरीलाई अचानोमा , छोरी लगाएतका उनका गीत लोकप्रिय छन् ।