गण्डकीमा असोज २९ गते स्वर्णविन्दु प्राशन खुवाइदै

गण्डकी प्रदेश सरकार अन्तर्गतको गण्डकी आयुर्वेद अस्पताल कास्कीले यही असोज २९ गते बिहान ६ बजेदेखि १० बजेसम्म कास्कीमा स्वर्ण विन्दु प्राशन कार्यक्रम संचालन गर्ने भएको छ । सो कार्यक्रममा लक्षित उमेर समूह असोज २९ गतेसम्म १ वर्ष पुगेका र ५ वर्ष ननाघेकाका बालबालिकालाई स्वर्ण प्राशनको थोपा खुवाइने अस्पतालले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन १ वर्ष पुगेका र ५ वर्ष ननाघेका बच्चाका अभिभावकले अस्पतालको वेबसाइट गएर वा गण्डकी आयुर्वेद हस्पिटल नामक फेसबुक पेजमा गएर त्यहाँ उपलब्ध गराइएको फारम भरी नाम दर्ता गर्नुपर्छ ।

अस्पतालले भनेको छ, “यदि तपाईंको बच्चा लक्षित उमेर समूह २०८२ असोज २९ गतेसम्म १ वर्ष पुगेको र‌ ५ वर्ष नकाटेको सम्मभित्र पर्नुहुन्छ र निषेधित अवस्था बालबालिका लाई ज्वरो, अजीर्ण/ अपच, झाडा पखाला, आउँ, रुघा खोकी सर्दी मर्की भएकोमा पर्नुहुन्न भने असोज २९ गते बिहान ६ बजेदेखि १० बजेसम्म गण्डकी आयुर्वेद अस्पताल, कास्कीमा स्वर्ण विन्दु प्राशन कार्यक्रम संचालन गरिने भएकोले यस स्वर्णविन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपिल गर्दछौं ।

अस्पतालले औषधिको सदुपयोग गर्ने, निर्मित औषधि खेर नजावोस भनेर २०८२ असोज २८ गते दिउँसो ४ बजेसम्म नाम दर्ता गरेका बालबालिकाका लागि मात्र स्वर्णप्राशन निर्माण गरिने भएको हुँदा उक्त समयभित्र इच्छुक अभिभावकले दिइएको क्युआर कोर्ड स्क्यान गरी वा दिईएको लिंकमा गएर बालबालिकाको विवरण गराउनु हुनदर्ता गराउन अनुरोध गरेको छ।

के हो स्वर्ण प्राशन ?
स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर लेहमा परिणत गरी थोपा अंशको रुपमा सेवन गराइने विधिलाई स्वर्ण विन्दु प्राशन भनिन्छ।बालबालिकाहरुको शाररिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णबिन्दु प्राशनको महत्वपूर्ण भूमिका रहेको छ।

लक्षित समूह
यस कार्यक्रमबाट १ वर्षदेखि ५ वर्षसम्म वर्षसम्मका बालबालिका लाभान्वित हुनेछन्।

निषेधित अवस्था
यस कार्यक्रममा ज्वरो, अजीर्ण, झाडा पखाला, आउँ, रुघा खोकी सर्दी मर्की भएका बालबालिकालाई सहभागी गराईने छैन।

एक थोपाको आयतन सामान्यतः झोल पदार्थका लागि लगभग ०।०५ मिलीलीटर हुन्छ। तर यो प्रयोग हुने ड्रॉपरको प्रकार, घनत्व, चिपचिपोपन र तापमान अनुसार अलिकति फरक पर्न सक्छ।

कुन समयमा खुवाउनु उपयुत्त ?
बिहान सुर्योदय देखि दश बजेभित्र।
पुष्य नक्षत्र।
बालक खाली पेट हुनु उपयुक्त।

स्वर्णप्राशन गराउँदा के गर्नेास् ?
बालकलाई सहज रूपमा बसाल्ने।
ड्रॉपर प्रयोग गरी औषधि मुखबाट खुवाउने।
बालकले सम्पूर्ण मात्रा सेवन गरेको सुनिश्चित गर्ने।
सेवनपछि ३० मिनेटसम्म आरामदायी हुनेगरी प्रतिक्षालय वा हलमा राखी निगरानी गर्ने।
ब्याच नम्बर, मिति लगायतका विवरणहरु लगबुकमा लेख्ने।

सेवनपछि के गर्ने ?
अभिभावकले आफ्नो बच्चालाई ३० मिनेटसम्म खाना नदिने।
कुनै पनि प्रतिकूल असर देखिए तुरुन्त रिपोर्ट गर्ने।

प्राशन पश्चातको सावधानी
स्वर्णप्राशन पश्चात कुनै शंकास्पद लक्षणहरु देखिएमा तुरुन्त चिकित्सकसंग सल्लाह लिन लगाउने र सो अनुसार लाक्षणिक चिकित्सा गर्ने।

वाकवाकी, बान्ता, एलर्जी जस्ता तत्काल प्रतिक्रिया भए स्वास्थ्यकर्मीले प्रत्यक्ष निगरानी गर्ने ।

अभिभावकले कुनै असामान्य लक्षण देखे तुरुन्त अस्पताल र स्वास्थ्यकर्मीलाई रिपोर्ट गर्ने।