१) नेपालका नेताले गर्नु गरे चईन !
दु:ख पाउने नेपालीको सुन बईन!
सौन्दर्यको खानी देश प्रकृतिको उपहार
बादर हातको नरिवल भयो बरिलै !
२) जहिलेसुकै आकाशमा कालो बादल घेरिने
कहिले होला नेपालीको मुहार फेरिने ??
दिनभरी काम गर्यो असिना र पसिना
शोषण र अभावले कम्ता डसिन, !!
३) छोरा छोरी पढाउनलाई ज्वालामूखी खपेझै
रोग लागे आगोमाथी घिऊ थपेझै !!
बेरोजगारी बढेको छ साउनको भेलझै
सरकारको नीति सधै काचो बेलझै !!
४) दाल चामल तेल पनि उतैबाट आउने हो
कृषिप्रधान देश हाम्रो दु:खै पाउने हो!!
रोजगारी छैन देशमा उधोग धन्दा उतै छन
गणतान्त्रिक नेता हाकिम दिउसै सुत्याछन!!
५) भूपरिवेष्ठित राष्ट्र हाम्रो पानीजहाज चल्याछ
भ्रष्टाचारले नेपालको मुटु जल्याछ !!
रेलको लिक छैन देशमा यसकै धेरै बजेट
विकास र समृद्धिको छाप्छन गजेट !!
६) बाह्र पास गरेपछि युवा सबै विदेश
खै कसरी आधुनिक बन्छ यो देश !!
कल्कलाउदा मुनाहरु खाडीतिर बन्धकी
नेपालीको आखामा सधै गण्डकी !!
७) महगिले आकास छोयो बेरोजगारी बढेको
नेपालीको स्वाभिमान त्यसै घटेको !!
व्यवस्था फेरिए नि अबस्था उस्तै छ
सरकारमा विदेशीको एजेन्ट घुस्दै छ !!
८) लोकतन्त्र गणतन्त्र जे जे तन्त्र आए नि
ऐलेसम्म नेपालीले गोता खाए नि !!
उठौ युवा दाजुभाइ उठौ दिदी बहिनी हो
अन्याय र अत्याचार कति सहनी हो !!
९) घर पोलेर खरानीको राम्रै व्यापार भैराछ
श्रम शक्ति सम्पदा बेचि खाईराछ




