मदन पुरस्कार गुठीको साधारण सभाले २०८१ का लागि मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कारको निर्णय गरेको छ । सभाले लोक–संस्कृति क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि सक्रिय रही लोकभाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान पु¥याएका प्रेमदेव गिरीलाई जगदम्बा–श्री दिने निर्णय गरेको छ ।
२०८१ सालमा प्रकाशित पुस्तकहरूमध्ये श्री छुदेन काविमोको उरमाल लाई मदन पुरस्कार दिने निर्णय भएको छ । सो अवसरका लागि २९९ पुस्तकहरू गुठीमा प्राप्त भएकोमा सात पुस्तक संक्षिप्त सूचीमा परेका थिए ।
सूचीमा उरमाल (छुदेन काविमो), छालबाटोः कैलाशदेखि गङ्गासम्म (रमेश भुसाल), दज्र्यु संलाप (कुमारी लामा), पञ्चतत्वको पालाम (मनप्रसाद सुब्बा), बहुरुपी (श्रेयज सुवेदी), भिक्षु, व्यापार र विद्रोह ः नेपालको भोट–चीन सम्बन्ध र भारत (सुधीर शर्मा) र हिउँको गीत (तीर्थ गुरुङ)—लाई ‘मदन पुरस्कार श्रेष्ठ सूची २०८१’ मा छनोट भएको र्थि ।
मदन पुरस्कार २०१२ सालमा स्थापना भएको हो । रानी जगदम्बाको निधनपछि उनको स्मृतिमा २०४५ सालदेखि जगदम्बा–श्री पुरस्कार प्रदान गर्ने प्रथा सुरु गरिएको हो । यो सम्मान पहिलोपटक गायक नारायण गोपाललाई दिइएको थियो ।




