
पोखरामा कोरोना भाइरसका कारण ज्यान गुमाएका ६२ वर्षीय पुरुषको आइतबार दिउँसो अन्त्येष्टि गरिएको छ ।
उनको मृत्युको करिब १५ घण्टापछि पोखरा–३२, रातोपहिरो घाटमा अन्त्येष्टि गरिएको हो। कोरोनाका कारण ज्यान गुमाउने उनी पहिलो कस्केली हुन् ।
उनको शनिबार राति साढे ११ बजे उपचारका क्रममा मृत्यु भएको थियो। मधुमेहका समेत बिरामी उनी साउन १७ गतेबाट प्रतिष्ठानको आइसियुमा उपचाररत थिए ।



तस्वीर : दुर्गाप्रसाद पौडेल