गाउँमा छैन बन्दाबन्दी, यस्तो रोचक छ दिनचर्या (तस्बिर र भिडियो)

पोखरा २८ को काफलघारीका ६५ वर्षीय मुक्तिनाथ भण्डारी दिउँसो चौतारीमा बसेर रामायणका श्लोक गाउँदै । हरेक दिन दिउसो ४, ५ घन्टा उनको दैनिकी यही हो ।

पोखरा २८ सुनपधेलीमा स्याखु बुन्दै एक स्थानीय ।
चौतारीमा डोको बुन्दै गरेका एक स्थानीय । उनले गुणस्तर र साइज हेरी एउटा डोकाको मूल्य पाँच सय रुपैयाँभन्दा माथि पर्ने सुनाए ।
माझठानामा संसद विकास कोषको रकमबाट सिढी बाटो निर्माणमा तल्लीन स्थानीय ।
बाख्रा चराउन आएका बाबुसँगै आएका एक बालक ।