
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ९ मा रहेको सनसिटी अपार्टमेन्टमा मंगलबार २ जनामा कोरोना संक्रमण पुष्टि भयो । अपार्टमेन्टका बासिन्दा संक्रमण देखिएपछि यो क्षेत्र सिल गरिएको छ ।
अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनाको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । २ जनामा पिसिआरबाट पनि पोजेटिभ रिपोर्ट आएको छ भने अर्का एकको परीक्षण रिपोर्ट सार्वजनिक हुन बाँकी छ ।
उनीहरूलाई तीनै जनाको पाटन अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । अहिले अपार्टमेन्ट वरपर पूर्ण रूपमा आवतजावत ठप्प पारिएको छ भने त्यहाँका बासिन्दा अहिले त्रासमा छन् ।
अपार्टमेन्टमा करिब ५ सय परिवार बसोबास गर्छन् । अपार्टमेन्टमा करिब २ हजारको बसोबास रहेको र अहिले करिब १ हजार ३ सय मानिस त्यहाँ रहेको अपार्टमेन्टका बासिन्दा सर्दक अधिकारीले जानकारी दिए ।
त्यहाँ रहेका सबैको कोरोना संक्रमण परीक्षण गर्न थालिएको छ । बुधबार करिब २ सयको जाँच गर्ने तयारी छ । सन्नाटा आएको अपार्टमेन्टका बासिन्दा कोठामै सिमिति भएका छन् भने परीक्षणको दायरा बढाउन उनीहरुले आग्रह गरेका छन् ।
तस्बिरहरु : सर्दक अधिकारी





