विप्लवको नेकपालाई कमजोर नआकौं

नेत्रविक्रम चन्द विप्लव टेक नामझैं विप्लव निम्त्याउने तारमत्यमा छन्, औपचारिक घोषणाबिना नै उनको पार्टीको व्यवहारले यस्तो प्रमाणित गरेको छ । विप्लव केही वर्षअघिका आफ्नै सुप्रिय कमान्डरको विरुद्ध करिब युद्धको तयारीमा भएको बुझिन्छ । सत्तामा रहेको नेकपाका २ अध्यक्षमध्ये पुष्पकमल दाहाल विप्लवका सुप्रिय कमान्डर थिए लामो समय । उनकै कमाउन्डमा विप्लव जनयुद्धमा सामेल भएका थिए । अहिले तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाको सरकार छ । उनीहरुलाई सबैभन्दा ठूलो चुनौती नाम उहि भएको पार्टीकै छ । पार्टीको नाम परिवर्तन गरी विप्लवले नेकपा बनाएका छन् ।


युद्धको झिल्को देशैभर जताततै खरझैं असरल्ल छ । यसलाई उचित व्यवस्थापन नगरे कतैबाट आगोसँग भेट भए वर्वादीतिर देश जान्छ ।

माओवादी स्कुलिङबाट आएका विप्लवको निशानामा सरकारी नेकपाका कार्यकर्ता र नेता पर्ने देखिएको छ । निकै होचो कदमा उभिएको नेपाली कांग्रेसभन्दा विप्लवको नेकपा सरकारका लागि चुनौति बनेको छ । एकीकृत जनक्रान्तिको कार्यदिशा लिएको विप्लवको नेकपाका धेरैजसो नेता करिब भूमिगत छन् । उनीहरुले जनसेना बनाइरहेको र क्रन्तिको तयारी भइरहेको बताउने गरेका छन् । सरकारले द्धन्द्धरत समूहसँग वार्ता हुने भने पनि विप्लवसँग वार्ता भएन । बरु दूरी अझ बढेको छ ।
राजधानी र देशका विभिन्न भेगमा रहेका एनसेलका टावरमा बम विस्फोट भएका छन् । विस्फोटमा निर्दाेषको हत्या पनि भएको छ । बम विस्फोटको अभियोगमा विप्लवका पूर्व अंगरक्षक समातिएका छन् । बुधबार धरान नजिकैबाट विप्लवका १ कार्यकर्ता सेनाले मात्र प्रयोग गर्ने हतियारसहित पक्राउ परेका छन् । निर्वाचनताका पनि देशैभर बम विस्फोट भएका थिए । यसको बुझाउँछ युद्धको झिल्को देशैभर जताततै खरझैं असरल्ल छ । यसलाई उचित व्यवस्थापन नगरे कतैबाट आगोसँग भेट भए वर्वादीतिर देश जान्छ ।

संघीयता कार्यान्वयनसँगै संघीयता, जनतामा निहीत सार्वभौमसत्ताबाहेक सबैजसो विषय संविधानबाट संशोधन गर्न सकिने छन् । अब परिवर्तनकै लागि बन्दुक बोक्नुपर्ने आवश्यकता छैन । सरकारले विप्लवको नेकपालाई राजनीतिक शक्ति या आतंककारी के हो, भनी किटान गरिसकेको छैन । विद्रोहको लामो पीडाबाट केही समय विश्राम लिएको नेपाली समाजले फेरि विद्रोह, युद्ध चाहेको छैन । हामीसँग लड्नुपर्ने कोही तानाशाह बाँकी छैनन्, समयमै समस्याको समाधान खोज्न सरकार र विप्लव नेतृत्वको नेकपाले पहलको पहल कदमी जरुरी छ ।