नेकपा नेता कुलप्रसाद केसीले दाङ १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
पार्टीले मेटमणि चौधरीलाई टिकट दिएपछि असन्तुष्ट बनेका लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री केसीले स्वतन्त्र उम्मेदवारी दिएका दिएका हुन् ।
आफ्नै पार्टीबाट बागी परेपछि मेटमणिलाई चुनाव जित्न सकस पर्ने देखिन्छ । मेटमणि साविक एकीकृत समाजवादीका नेता हुन् भने केसी साविक माओवादी केन्द्रका नेता हुन् ।




