ढुंगेसाँघु पर्यटनमा लेखराज भण्डारीको नेतृत्व

ढुंगेसाँघु पर्यटन स्थल संरक्षण समिति पोखरा १७ कास्कीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले लेखराज भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ । समितिको उपाध्यक्षमा इशारा थापा मगर, सचिव अनिसा गिरी र कोषाध्यक्षमा सन्तुमाया श्रेष्ठ छन् ।

अधिवेशनबाट लोकराज कोइराला, मुक्ति भण्डारी, तेजबहादुर थापामगर, मिना श्रेष्ठ र मनबहादुर मोक्तान सदस्य चयन भए । कार्यक्रममा वडा सदस्य शिवराम भण्डारीले पर्यटन क्षेत्रको विकासबाटै पोखराको विकास सम्भव भएकाले स्थानीय रुपमा पनि पर्यटनमैत्री संरचना र व्यवहार जरुरी भएकोमा जोड दिए ।

शिविन्द्रराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा, विक्रम भण्डारी, समाजसेवी नगेन्द्र शर्मा भण्डारी लगायतले बोलेका थिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।