गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले रोजगारको अवसर सृजना गरी आत्मनिर्भर बनाउनको लागी गण्डकी प्रदेश सरकारले सिप विकास तालिम केन्द्र सँगको समन्वयमा विभिन्न १२ प्रकारका तालिमहरू सञ्चालन गरिरहेको बताउनुभयो । शनिवार स्वतन्त्र शैक्षिक परामर्श सङ्घ गण्डकी प्रदेशको सातौँ साधारण सभाको उद्धघाटान गर्दै मन्त्री थापाले अध्ययनका लागी विदेश जाने मात्र नभई विदेश बाट अध्ययन गर्न नेपाल आउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपालको रमणीय प्राकृतिक बातावरण तथा नेपालको विविधतामा विदेशी विद्यार्थी अध्ययन गर्न आउने उच्च सम्भावना भएकोले शैक्षिक परामर्श केन्द्रहरूको अवको गन्तव्य त्यता तर्फ हुनु पर्नैमा पनि जोड दिनुभयोे ।
साथै मन्त्री थापाले आफु लामो समय सम्म व्यवसाय गरी राजनीतिमा आएकोले ब्यसायिका दुख कष्ट प्रति जानकार रहेकोेेेेे ताउदै व्यसायिका हकहितका पक्षमा सधै व्यावसायिक सँगै रहने प्रतिबद्धता पनि जनाउनुभयोे । साथै विभिन्न नाम बाट सञ्चालित शैक्षिक परामर्श केन्द्रहरू एकै ठाउँमा आबद्ध भई काम गर्न पनि सुझाव दिनुभयो ।
कार्यक्रमा स्वतन्त्र शैक्षिक परामर्श संघका केन्द्रीय अध्यक्ष उमेश कुसुवाले सात वटै प्रदेशमा शाखा बिस्तार गर्दै व्यवसायीका समस्या समाधान गर्न केन्द्रले पहल गर्ने बताउँदै शैक्षिक परामर्श केन्द्रले विदेशमा अध्ययन गर्नको लागी पठाउने मुख्य उद्देश्य रहेकाले जागिर लगाइदिने म्यानपावर जस्तो ब्यवहार नगरिदिन आग्रह पनि गर्नूभयो ।
कार्यक्रममा स्वतन्त्र शैक्षिक परामर्श सङ्घ गण्डकीका संस्थापक अध्यक्ष जार्गित भट्टराईले २०७५ देखी दर्ता प्रक्रिया रोकिएकोले ब्यववसायि लाई समस्या भइरहेको बताउँदै संस्थाले राख्नुपर्ने धरौटी रकमको विषयमा पनि सुरकारले पुनरावलोकन गरिदिन पर्नेमा जोडि दिनुभयो ।
कार्यक्रममा सस्थाका अध्यक्ष सुजन बहादुर बस्नेतले सात वर्ष अघि साने संखया बाट शूरु भएको फेकन गण्डकी आज एक ठुलो परिवार भएको बताउँदै लान ई क्यान फेकनले संयुक्त धारण बनाउदै आईरहेकोमा पनी जोड दिनुभयो । कार्यक्रममा उपाध्यक्ष विष्णु प्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त नगर्नू भएको थियो भने महासचिव बविबहादुर विकले कार्यक्रमको संचादलन गर्नुभएको थियो ।





