पानी पनि नदिनेले माया देला के? आस गर्नु
रातैभरि छटपटाई उसलाई सम्झी के सास फेर्नु।
थोरै ढिलो भए पनि सबै थाहा भएको छ
स्वार्थी रहेछ उसको माया, महसुस हुँदै गएको छ
सम्हालिँदै गएको छु, छैन केही वित्यास पर्नु
रातैभरि छटपटाई उसलाई सम्झी के सास फेर्नु।
भावनात्मक कुरा गरी लुटी खाने बानी रहेछ
मैले सोच्थें आँसु झर्यो, आँसु होइन पानी रहेछ
कुरा बुझेँ, बाटो मोडेँ, व्यर्थै किन बकवास गर्नु
रातैभरि छटपटाई उसलाई सम्झी के सास फेर्नु।





