पोखरा महोत्सव पुस २९-माघ ११ गतेसम्म

चौधौँ संस्करणको पोखरा महोत्सवको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यहांँहरुलाई स्वागत गर्न चाहान्छु । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पौषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह मा.वि.को विशाल खेल मैदानमा चौधौँ संस्करणको पोखरा महोत्सव आयोजना गर्न लागिएको यहाँहरुलाई अवगत गराउन चाहान्छु ।

“युवाको जाँंगर राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ वि.सं २०६७ वैशाख ७ गते पर्यटकीय नगरी पोखरामा स्थापना भई स्थापना काल देखिनै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि पोखरा महोत्सवको आयोजना गर्दै आएका छौं ।

पोखरा महोत्सवकै आम्दानीबाट यस क्लबले शिक्षाको क्षेत्रमा पोखरा र आसपासमा रहेका २० वटा सामुदायिक विद्यालयहरुमा छात्रबृत्ति अक्षयकोष स्थापना एवं शैक्षिक सामाग्रीहरु वितरण गरेका छौं । त्यसै गरी स्वास्थ्य अन्तर्गत ग्रामिण क्षेत्रहरुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएका छौं । खेलकुदको क्षेत्रमा क्लब आफैले खेलकुद प्रतियोगिता आयोजना गर्दै विभिन्न खेलकुद प्रतियोगितामा प्रायोजन, सहयोगी संस्था, प्रर्वद्धक एवं सहभागीता जनाउँदै आइरहेका छौं ।

पर्यटन प्रवद्र्धन तर्फ पोखरामा खुल्ला चिडियाखानाको अवधारणा लिई पोखरा महानगरपालीकाको पचभैया क्षेत्रमा पर्ने सामुदायिक बनहरुलाई समेटेर चिडियाखाना निर्माणको पहल गरेको यहांहरुलाई अवगत गराउदछौं ।
महोत्सव बाहेक युनाईटेड क्लबले नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारको अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गरी त्यसबाट बचत भएको रकमबाट विपद व्यवस्थापन कोष स्थापना गरी विपदका घटनाबाट प्रभावितहरुलाई सहयोग गर्दै आएको छ ।

एघारौं पोखरा महोत्सव देखि सेती नदीका खोचहरु लाई एक साहसिक पर्यटकीय गन्तब्य स्थल बनाउन पहलकदमी गर्दै आएका छौं । युनाईटेड क्लबले पोखरा २७ अर्चलेमा रहेको आफ्नै जग्गामा गरिब तथा आर्थिक विपन्न परिवारका बालबालिकालाई लक्षित गरी युनाईटेड छात्राबास निर्माणका लागि डिपिआर अनुरुप निर्माण कार्य अगाडी बढेको जानकारी गराउँदछु ।

सो डिपिआर अनुरुप उक्त जग्गामा २० कोठाको भवन निर्माण सम्पन्न गर्नुपर्नेमा यस वर्ष ३ कोठाको भवन निर्माण भई सकेको र १४औँ पोखरा महोत्सवको आम्दानीबाट थप कोठा निर्माण गरी आगामी शैक्षिक शत्रदेखि कार्यविधी निर्माण गरी छात्राबास सञ्चालनमा ल्याइने जानकारी गराउदछौं ।

महोत्सवमा फरक क्षमता भएका, बृद्धबृद्धा (बृद्धभत्ता कार्ड) एकल महिला, विदेशी पर्यटक, पत्रकार, ५ वर्ष मुनिका वालवालिकाहरुलाई निःशुल्क प्रवेश गराइने छ । १३ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५० स्टल रहने छन् । महोत्सवको सम्पूर्ण स्टलहरु पूर्ण रुपमा बुकिङ भइसकेको यहाँहरु समक्ष जानकारी गराउन चाहान्छु ।

महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ । जसमा कुल आम्दानी १,५१,७५,०००÷– , खर्च १,२३,६०,००० ÷– गरि कुल बचत २८,१५,०००÷– रहने अनुमान गरेका छौं । महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवसायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन ।

महोत्सवको आकर्षणमा

रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, प्रीति आले, शान्तारानी परियार, अस्मिता अधिकारी, सम्झना लामिछाने मगर, प्रकाश दुतराज, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, प्रजापति पराजुली, जीवन दाहाल, घनश्याम रिजाल, शंकरबिरही गुरुङ लगायतका स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछनभने लाईभ कन्सर्टतर्फ पूर्ण राई, डी मर्चा, लेकाली, जेम्सी, सविन राई, भिटेन, लाहुरे, टुकी संगै स्थानीय ब्याण्डहरुको प्रस्तुती रहने छ ।

नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता, झांकी प्रदर्शनी, विद्यार्थीले निर्माण गरेका विज्ञान प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन् । त्यसैगरी थप आकर्षणको लागि विभिन्न विधाहरुमा अध्ययन भइरहेको छ ।