बैंककमा भिजन इन्टरनेसनलको क्षेत्रीय सम्मेलन

अमेरिकाको न्यूयोर्कमा मुख्यालय रहेको सामाजिक संस्था भिजन ईन्टरनेशनलले आफ्नो क्षेत्रिय सम्मेलन थाईल्याण्डको बैंककमा सम्पन्न गरेको छ । क्लबले अक्टोबर ११ तारिकका दिन बैंकक स्थित प्रिन्सटन होटलमा आफ्नो क्षेत्रिय सम्मेलन सम्पन्न गरेको हो ।

भिजन क्लब ईन्टरनेशनका संस्थापक तथा अन्तराष्ट्रिय अध्यक्ष मंगल दास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा भिजन क्लव अफ काठमाडौंका अध्यक्ष राजकृष्ण श्रेष्ठ, सचिव धुर्ब कुमार श्रेष्ठ , कोषाध्यक्ष जय राज श्रेष्ठ , स्वास्थ्य संयोजक बिष्णु बहदुर श्रेष्ठ , श्याम कृष्ण श्रेष्ठ तथा सदस्यहरु रमेश मल्ल, ज्ञान दास श्रेष्ठ, गणेश श्रेष्ठ लगायत अमेरिका र नेपालका पदाधिकारिहरुको सहभागिता रहेको थियो ।

विश्वव्यापि सामाजिक सेवा भावले स्थापित यस संस्थाले स्थानिय सरकार तथा समाजविज्ञहरुसंगको सहकार्यमा नेपालका काठमाडौं, मोरङ सिन्धुपाल्चोक लगायत विभिन्न जिल्लाहरुमा शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।

नेपालमा हरेक बर्ष सामना गर्नु पर्ने प्राकृतिक प्रकोपका पिडित र विपन्न परिवारलाई आर्थिक तथा आवश्यक सामग्री गर्दै आएको आएको क्लबले देशका लागि महत्वपूर्ण योगदान पुर्याउँदै आएका व्यक्तिहरुलाई थप हौसलाका लागि नगद सहित सम्मान प्रदान समेत गर्ने लक्ष्य अनुरुप काम गर्दै आएको छ ।

स्थापनाको छोटो समयमा नै सफल र सकारात्मक सामाजिक छवि स्थापना गर्दै अघि बढिरहेको भिजन क्लब ईन्टरनेशनलले आफ्नो दिर्घकालिन योजना अन्तरगत निर्णय गरे अनुरुप दोस्रो क्षेत्रिय सम्मेलन पनि देश बाहिर गरेको हो । लामो समयको छलफल पश्चात हाल अमेरिकामा रहँदै आएका नेपालका बरिष्ठ समाजसेवी मंगलदास श्रेष्ठ संस्थापक तथा अन्तराष्ट्रिय अध्यक्ष रहने गरी सन् २०२१ मा अमेरिकाको न्यूयोर्कमा मुख्य कार्यलय रहने गरी स्थापना भएको संस्थाले पहिलो सम्मेलन टर्कीको ईस्तानबुलमा सम्पन्न गरेको थियो ।