गजल

बुबा आमा भन्छन अरे छोरा फर्की आको छैन
सानी छोरी रुदै भन्छिन बाबा देख्न पाको छैन

गाउमा सबका महल बने मेरो त्यही झुपडी छ
चुहिने त्यो खरको धुरी अझै टिन ले छाको छैन

धेरै पैसा कमाएर बोल्न छाडिस भन्छन साथि
उनिहरुलाइ के थाहा टन्न पेट भरेर खाको छैन

गाउघर मा गएर नि कुटाे कोदालो गर्नै पर्छ
खेतबारि सब जङ्गल भए घर जान मन लाको छैन

पोहोर साल त छिट्टै फर्की आउछु भन्थे आफ्नै देश
यहि भनेर बषाै बिते अझै घर गाको छैन

गाउघरमा गएर नि बेरोजगार छ क्यारी बाच्नु
फुट्या कौडि श्री सम्पती केही पनि बाको छैन

मनमा गाठाे पारी बस्न कस्लाइ पो मन हुन्छ र
के गरौ त आजसम्म भनेजस्तो भाको छैन