रेशमले छाडे नाउपा, नयाँ पार्टी घोषणा

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् ।

उनले नयाँ पार्टी घोषणा गरेका छन् त्यो हो नागरिक उन्मुक्ति पार्टी, नेपाल । नयाँ पार्टीमा जोडिन सम्पूर्ण पार्टी पंतिलाई आग्रह पनि गरेका छन् । अब जेनजी पुस्ताको माग र भावना समेट्दै अघि बढ्ने उनले प्रण गरेका छन् ।

छिट्टै नयाँ पार्टीको बैठक बोलाउने र विस्तृतमा जानकारी सार्वजनिक गर्ने उनले बताएका छन् ।