
प्रधानमन्त्रीमा नियुक्ति भएपछि सुशीला कार्कीले शुक्रबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दै छिन्।
मन्त्रालय टुङ्गो नलागे पनि मन्त्रीहरूको नाम भने टुङ्गो लागेको छ। स्रोतका अनुसार नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, जेन जीका तर्फबाट सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्यालले मन्त्रीको शपथ लिने छन् ।
गुरुङ जी–एनजीका तर्फबाट मन्त्रीका लागि सिफारिस भएका हुन् ।धरानमा व्यवसाय गर्नु उनको घर गोरखा हो । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङ केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला बर्खास्त भएका थिए ।
उनकै नेतृत्वमा नेपालमा लोडसेडिङ अन्त्य भएको थियो । अर्याल काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका कानुनी सल्लाहकार हुन्। उनले केही समयअगाडि बालेनको सल्लाहकारबाट बिदा भएर स्वतन्त्र कानुन व्यवसाय थालेका थिए ।