आइतबार सेप्टेम्बर ७ युकेमा आपतकालीन सूचना प्रणाली परीक्षण हुँदै

- सबै मोबाइल फोन र ट्याब्लेटमा करिब १० सेकेन्डसम्म साइरन बज्ने

ब्रिटेन सरकारले सेप्टेम्बर ७, २०२५ मा दिउँसो ३ बजे आपतकालीन अलर्ट प्रणालीको दोश्रो राष्ट्रिय परीक्षण गर्दै छ ।
परीक्षण अलर्ट बेलायतभरीका सबै उपयुक्त 4G/5G मोबाइल फोन र उपयुक्त ट्याब्लेटहरूमा पठाइनेछ। यो अप्रिल २०२३ मा पहिलो सफल राष्ट्रिय परीक्षण पछिको दोश्रो राष्ट्रिय परीक्षण हो। यस क्रममा 4G/5G नेटवर्कमा जोडिएका सबै मोबाइल फोन र ट्याब्लेटले करिब १० सेकेन्डसम्म साइरन ध्वनि निकाल्ने छन् । अन्य प्रकारका सन्देशभन्दा आपतकालीन अलर्ट धेरै फरक देखिने र सुनिनेछ । दृष्टिविहीन र श्रवण शक्तिमा समस्या भएका व्यक्तिहरुले ध्वनि र कम्पन संकेतमार्फत परीक्षण प्राप्त भएको थाहा पाउने छन् । तपाईले ठूलो, साइरन जस्तो आवाज सुन्नुहुने छ, फोन वा ट्याब्लेटमा कम्पन हुनेछ।

यो परीक्षण प्रणालीले सही रूपमा काम गरिरहेको सुनिश्चित र जनतालाई सचेत गराउने माध्यमका रूपमा कार्य गर्ने छ। यसअघि पनि २०२३ को अप्रिलमा यसको पहिलो परीक्षण गरिएको थियो । तर त्यसमा प्राविधिक समस्याका कारण सबै प्रयोगकर्तासम्म सेवा पुग्न सकेको थिएन । आपतकालीन अवस्थामा आवश्यक परेमा नियमित परीक्षण प्रणालीले सही तरिकाले काम गरिरहेको छ कि छैन भन्ने सुनिश्चित गर्ने छ ।

इतिहास: युकेको सार्वजनिक चेतावनी प्रणालीको विकास

१९५३–१९९२ सम्म ब्रिटेनमा शीतयुद्धकालीन “४-मिनेट चेतावनी” भनिने चेतावनी प्रणाली सञ्चालनमा थियो । जसले सञ्चार माध्यम—एअर रेड साइरन र टेलिभिजन–रेडियो सन्देशमार्फत न्युक्लियर मिसाइल आक्रमणको चेतावनी दिने गर्दथ्यो ।

मोबाइल प्रणालीको आधुनिक विकास भएपछि २०१३ मा सरकारले मोबाइल उपकरणमार्फत SMS र Cell Broadcast प्रविधि उपयोग गरी अलर्ट प्रणाली परीक्षण गरेको थियो। प्रारम्भिक परीक्षणहरू सफल मानिए पनि २०१४ को रिपोर्टले ८५% जनताले यस्तो प्रणाली राम्रो हुने प्रतिर्किया दिएका थिए । आधुनिक “Emergency Alerts” प्रणालीको सुरुआत २०२३ मार्च १९ मा राष्ट्रिय स्तरमा औपचारिक रूपमा गरियो ।

२०२३ अप्रिल २३ मा पहिलो राष्ट्रिय परीक्षण सम्पन्न भयपछि केही पटक यस प्रणालीलाई वास्तविक संकटहरूमा प्रयोग गरिएको छ ।
फेब्रुअरी २०२४, प्लायमाउथमा बम फेला परेका बेला निवास क्षेत्रमा अलर्ट पठाइएको थियो । डिसेम्बर २०२४, आँधी हुरी (Storm Darragh) का लागि लगभग ३.५ मिलियन मानिसलाई अलर्ट गरिएको थियो । जनवरी २०२५, आँधी, हुरीका क्रममा स्कटल्यान्ड र नर्दर्न आयरल्याण्डमा लगभग ४.५ मिलियन मानिसलाई चेतावनी सन्देश दिइएको थियो ।

यो प्रणालीले खतरनाक अवस्था (जस्तै मौसम, बम फेला पर्ने जस्ता घटना) मा तुरुन्त सूचना पुर्‍याएर जनताको जीवन रक्षा गर्न सहयोग पुर्‍याउँछ ।

जापान, अमेरिका जस्ता राष्ट्रमा पनि नियमित रूपमा सूचना प्रणाली परीक्षण गरिन्छ। जस्तै: जापानको Earthquake Early Warning वा अमेरिकी Wireless Emergency Alerts (WEA) ।

नियमित परीक्षणले प्राविधिक त्रुटि (जस्तै नेटवर्क असफलता) पहिचान गर्न मद्दत गर्ने छ । प्रेसिजन (targeted alerts) मार्फत जोखिममा भएका क्षेत्रहरूलाई मात्र सन्देश पठाउन सकिन्छ ।

युकेको यो दोस्रो राष्ट्रिय परीक्षणले प्रणालीलाई अझ सुदृढ बनाउनेछ र यो सुनिश्चित गर्ने छ । आगामी वास्तविक आपतकालमा सूचना समयमा र प्रभावकारी रूपमा जनतासम्म पुग्नेछ । यसले एउटा फायर अलार्म परीक्षणको जस्तै महत्त्वपूर्ण भूमिका खेल्नेछ ।