
पोखरामा शनिबार निरन्तर चिकित्सा शिक्षा कार्यक्रम भएको छ । गण्डकी प्रदेशमा कार्यरत नाक, कान तथा घाँटीरोग विशेषज्ञको छाता संगठन सोल गण्डकीको विधिवत स्थापना भएको हो ।
कार्यक्रममा कानमा लाग्ने ढुसी रोगका विषयमा गण्डकी मेडिकल कलेजमा कार्यरत उपप्राध्यापक तथा सोल नेपालका केन्द्रीय सदस्य डा सञ्जय कोईराला र सिभिल अस्पताल काठमाडौमा कार्यरत सोल नेपाल केन्द्रीय महासचिव डा दिपेश शाक्यले इन्डोस्कोपले गरिने कानका अप्रेसनका विषयमा प्रस्तुति राखे ।
सोल नेपालको केन्द्रीय अध्यक्ष सहप्राडा रवीन्द्रभक्त प्रधानांगको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशमा कार्यरत नाक, कान तथा घाँटीरोग विशेषज्ञ तथा आवासीय चिकित्सकको उपस्थिति थियो ।
वरिष्ठ नाक कान तथा घाँटी रोग बिशेषज्ञ डा देवेश शाक्यले सोल गण्डकीको कार्यकारी समिति घोषणा गरेका थिए । केन्द्रीय अध्यक्षले विधान र महासचिवले माइन्युट शाखाका नवनियुक्त पदाधिकारीलाई हस्तान्तरण गरेका थिए ।
मंगलबार भएको भेलाले प्राडा कृष्ण कोइरालाको अध्यक्षतामा सोल गण्डकीको तदर्थ समिति बनाएको थियो ।