शुष्माको शब्दमा सन्जनाको तीजगीत बजारमा (भिडियोसहित)

गायिका सन्जना ओलीको पहिलो तिज गीत ‘बिन्दुली टिका’ भिडियो सहित सार्वजनिक भएको छ । पत्रकार तथा गीतकार शुष्मा देवकोटाको शब्द तथा गायक तथा संगीतकार निरज शर्मा खतिवडाको लय सृजना रहेको तिज गीत ‘बिन्दुली टिका’ गायिका स्वयंको युटुव च्यानलमार्फत भिडियो सहित सार्वजनिक भएको हो ।

रोषन मिश्रको संगीत संयोजन रहेको गीतमा प्रयोग भएका शब्दहरु नेपाल तथा दार्जीलिङ सहितका नेपाली भाषी क्षेत्रमा बोलिने चलन चल्तीको नजिक छ्न । अविवाहित नारी ह्रदयको कल्पना, विश्वास र अठोटलाई सालिन शैलीमा प्रस्तुत गरिएको यस गीतले नयाँ जीवनको कल्पना गर्दा आफ्नो कर्तव्य र जिम्मेवारीप्रति पनि उत्तिकै मिठासपूर्वक ग्रहण गर्न सक्नु पर्दछ भन्ने सन्देश केन्द्रित छ । नेपाली बाहुल्य क्षेत्र दार्जीलिङको कालेम्पुङ स्थित BMP Music स्टुडियोमा रेकर्ड गरिएको यस गीत कालेम्पुङको मंगल धाममा छाँयाकन गरिएको हो ।

नेपाल दार्जीलिङ विचको समान आस्था, संस्कार र संस्कृतिमाथी सजिव चित्रण गरिएको यस गीतको भिडियोमा गायिका ओली स्वयं केन्द्रिय भूमिकामा देखिएकी छन् भने उनको साथमा जिना ओली, श्रीजुका अधिकारी, शर्मीला अधिकारी, शान्ता खतिवडा, अन्वेशा सुनुवार, अनुस्का खतिवडा, मनिका खतिवडा, बैष्णवि अधिकारी, कमला खतिवडा, रेवता खतिवडा र केन्द्र प्रसाद खतिवडाको अभिनय रहेको छ ।

श्रीजुका र शर्मिला अधिकारीको कोरियोग्राफी रहेको “बिन्दुली टिका”को भिडियोलाई दिपेन लम्सालले छायाँकन तथा सम्पादन गरेका हुन् ।