
लकडाउनले पोखरामा रोकिएका पर्यटकलाई स्वदेश फर्काउने क्रम जारी छ । बिहीबार पोखराबाट आज १ सय १० पर्यटकलाई काठमाडौं पठाइयो ।
पोखरामा रहेका घर फर्कन चाहने पर्यटकलाई पर्यटक बस र प्लेनबाट काठमाडौं पठाउने क्रम जारी छ । लकडाउनका बेला खान, बस्नकै समस्या हुने भएकाले उनीहरु स्वदेश फर्कन पाउँदा खुसी देखिए । यसअघि ६ सय ३० जना पर्यटकलाई काठमाडौं पठाइसकिएको छ । उनीहरु पदयात्रा सकेर पोखरा फर्केका र पोखरा घुम्न आएका पर्यटक हुन् । फ्रान्सका १ पर्यटकले अप्रिल ४ को फ्लाइटमा स्वदेश फर्किने सुनाए ।
उनीहरुलाई ५ बसमा काठमाडौं पठाइएको छ । बिहीबार फर्किने पर्यटकमा बेलायत, अमेरिका, मलेसिया, जर्मनी, अस्टेलिया लगायतका देशका बासिन्दा छन् । पोखरामा अझै २ सय हाराहारीमा विदेशी पर्यटक रहेको बताइन्छ ।








