धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरको एक होटलमा पोखरा महानगरपालिका १३ मियापाटनकी २३ वर्षीया जेनिसा विक मृत भेटिएकी छन् ।
ढल्केबरको जुन तारा स्टापलाइन होटलमा उनी काम गर्थिन् । इलाका प्रहरी कार्यालय ढल्केवरले मंगलबार बिहान ११ बजेतिर उनी होटेलमा मृत फेला परेको खबर आएको जनाएको छ ।
होटेलको काउन्टरनजिकै लडेको अवस्थामा उनी मृत फेला परेको प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । उनको मृत्युको कारण अहिलेसम्म खुलेको छैन ।




