पोखरामा मुख स्वास्थ्य दिवस मनाइयो

डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसन गण्डकी प्रदेशले विविध कार्यक्रम गरी शुक्रबार मुख स्वास्थ्य दिवस मनाएको छ । दिवसको अवसरमा संस्थाले जनचेतनामूलक ¥याली निकाल्यो ।

¥यालीका सहभागीहरुले स्वस्थ मुख स्वस्थ जीवनको आधार हो, मुखको खुसी र मुस्कानले जीवन नै सुखद् हुन्छ जस्ता नारा लेखिएका प्लेकार्ड बोलेका थिए । ‘एउटा स्वस्थ मुखले जीवन नै स्वस्थ बनाउँछ’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।

खाना खाई सकेपछि दैनिक बिहान, बेलुका ब्रस गर्नुपर्छ भन्ने सूचनासहितको ¥याली न्युरोडको कान्तिपुर डेन्टल हस्पिटलबाट सुरु भई पृथिवीचोक, नयाँबजर, महेन्द्रपुल, चिप्ले ढुंगा, न्युरोड हुँदै सोहि ठाउँमा पुगेर कोणसभामा परिणत भएको थियो ।

संस्थाले सिर्जनाचोक पोखरा स्थित छोरी पोखरा संस्थाका ५० भन्दा बढी बालबालिकालाई दन्त मन्जन, ब्रस तथा दिवा खाजा वितरण गरेको संस्थाका अध्यक्ष परमेश्वर सुवेदीले बताए । कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य युवराज पौडेल र महासचिव रमेश जिएमले पनि बोलेका थिए ।