बढी दोष , घर खोक्र्याएर सन्तानलाई अलपत्र पारी भाग्नेहरुको हो , सिरक ओढेर बस्नेहरुको हो । अलिअलि दोष त यिनै गगन बिश्व प्रकाशहरुको केही झर्छ की भनेर ढुकेर बस्ने ,नबोल्नेहरुको पनि हो ।
देउवा आरजु & co बाट गगनजीले जहां छोयो वहीं च्यात्तिने , सिउन पनि नमिल्ने मक्कीएको कांग्रेस लिएका थिए । तै बिशेक के जति सकिन्थ्यो गरे , के गरुन बरा…!
प्रतिघण्टा घण्टी हेरेर काम गर्ने हजारौं घण्टे मजदुरहरु ६/७ लाख खर्च गरेर मतदान गर्न नेपाल आएका थिए ,त्यहीं तिन घण्टा पर रहेको सिंगापुरबाट देउबाजी मतदान गर्न कांग्रेसको मनोबल बढाउन आंफैले ठोकी ठोकी जिर्ण बनाएको घर थाम्न नेपाल आउन हुन्न ?
सन्तान जातैले उदण्ड हुन्छन ,मुखमै मुत्दिन्छन,कांधैंमा पिसाब फेर्दिन्छन, तर त्यही आनन्दको खोजिमा तड्पि रहेका लाखौं निसन्तान बा आमाको अनुहार हेरेर पनि भाई छोराहरुले गरेको अलि अलि उदण्डता उछ्रिंखलतालाई माफ गर्दियर घर बचाउन आउन सुद्धि आएन ? कांग्रेसको मुखिया हुनुको कारण गगन बिश्व प्रकासलाइ बाल्खै संझेर क्षमा दिनुको साटो घरै ध्वस्त हुन छाडेर बिदेश गएर बस्ने ?
समयले तपाईंलाई माफि दिने छैन ,न त लाखौं अबिभावकहिन कार्यकर्ताको आंसुले बाटो देला..। तपाईं र तपाईको कंपनीको उदण्डता उछ्रिंखलता र नग्ननृत्यको तमासा पनि त कति सहुन बाल्खाहरुले ? थोरै प्रतिरोध गरे । आखिर अबिभाभक अबिभाबकै हो भनेर आत्मालोचित भैसके पछी पनि घुर्की लगाएर बस्दा तपाईंले सिंगो लोकतान्त्रिक मुल्यको धरोहर निर्बाचन प्रणालीको समेत अपमान गरेको प्रमाणित भयो ।




