राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेका ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। पूर्वसांसद श्रेष्ठलाई श्रम संस्कृति पार्टीका अध्यक्ष अध्यक्ष हर्क साम्पाङले मंगलबार स्वागत गरेका हुन्।
‘ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ। अब लागौं है त,’ साम्पाङले फेसबुकमा लेखेका छन्। रास्वपाबाट सामनुपातिक सांसद रहँदा उनले स्वास्थ्य मन्त्री बन्छु भन्दै उनले दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ बाहिरिएको थियो।
अडिओ बाहिरिएपछि उनलाई रास्वपाले अनुशासनको कारबाही गरेको थियो। उनको मेडिकलबाट प्रतिबन्धित औषधि ट्रामाडोल बिक्री गरेको आरोपमा कास्की प्रहरीले उनलाई पक्राउ समेत गरेको थियो। त्यसपछि उनी ७५ हजार धरौटी बुझाएर छुटेका थिए।




