काठमाडौं ३ : कुलमानको उज्यालोमा अनेक पर्दा

पूर्वमन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं ३ मा उम्मेदवारी दिएका छन् । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक हुँदा उदाहरणीय भूमिका निर्वाह गरेको उनले सोही कुराको जस लिन पार्टीको नामै उज्यालो नेपाल र चुनाव चिन्ह चिम राखेका न् ।

घिसिङ रास्वपासँगको एकता सम्झौता तोडेर पहिलो पटक चुनावी मैदानमा उत्रिएका उनलाई स्वपाकै राजुनाथ पाण्डेसहित एमालेले रामेश्वर फुयाँल, नेकपाले नीरज लामा तथा कांग्रेसका रमेश अर्यालले चुनौति दिएका छन् ।

पुस २३ गते मन्त्री पदबाट राजीनामा दिएका उनी जित्नैपर्ने दबाबमा छन् । रास्वपाको रापताप भएको गत निर्वाचनमा यहाँबाट कांग्रेसका सन्तोष चालिसे १५ हजार १५१ मत ल्याएर विजयी भएका थिए । त्यो बेला एमालेका कृष्णबहादुर राईले ११ हजार १९६ मत पाएका थिए। रास्वपाका दुर्गाविक्रम थापा क्षेत्रीले ५ हजार ८६५ मत ल्याएका थिए।

कमसेकम एक सिट जित्नैपर्ने र समानुपातिकमा कमसेमक ३ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ । त्यति गर्न नसके कुलमानको उज्यालो नेपाल राष्टिय दल बन्न सक्ने छैन ।