pradesh 2

नेपाली कांग्रेसका सांसद महोम्मद आलम पक्राउ

नेपाली कांग्रेसका सांसद महोम्मद अफ्ताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । रौटहट क्षेत्र नं २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद  आलम २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको  हो। आइतबार बिहान पौन ११ बजे पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ ।प्रहरीले आधिकारिक जानकारी नदिई केही वेरपछि सार्वजनिक गर्ने जानकारी दिएको छ ।  पुरा पढौ

‘बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियानमा साइकल वितरण

देश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियानअन्तर्गत सिरहाको दुई विद्यालयका १४८ छात्रालाई साइकल वितरण गरिएको छ । धनगढीमाई नगरपालिका–७ स्थित अयोध्यानगर मावि र दहीपौरा माविको कक्षा ८ मा अध्ययनरत छात्रालाई प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले साइकल वितरण गरेका हुन । अयोध्यानगरका ७३ तथा दहीपौराका ७५ छात्रालाई राज्यमन्त्री कुशवाहाले साइकल हस्तान्तरण रेका छन्। पुरा पढौ

प्रदेश सरकारले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने

प्रदेश २ सरकारले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले सोनाम ल्होसारको दिन माघ २२ गते सार्वजनिक बिदा दिने घोषणा गरेका हुन्। संघिय सरकारले सोनाम ल्होसारको बिदा कटौती गरेपनि प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको हो। प्रदेश २ मा तामाङ समुदायका बासिन्दाहरुको पनि बसोबास रहेको भन्दै मन्त्री राउतले माघ २२ मा बिदा दिने बताएका हुन् । पुरा पढौ

प्रदेश २ मा क्यान्सर अस्पताल बनाउने तयारी

 प्रदेश २ को सरकारले क्यान्सर अस्पताल निर्माणका लागि सम्भाब्यता अध्ययन गर्न समिति गठन गरेको छ । डा. लक्ष्मी नारायण सिंहको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले काम सुरु गरेको छ । प्रदेशका ८ वटै जिल्लामा अस्पताल निर्माणका लागि अध्ययन गरिने संयोजक सिंहले बताए । जग्गाको छनौट, पुर्वाधारको ब्यवस्थापनलगायतका विषयमा अध्ययन भईरहेको उनले बताए । करिब १० अरबको लगानीमा अस्पताल भवन निर्माणका लागि ६ वटा जिल्लामा आवश्यक अध्ययन र सरोकारवालासँग छलफल समेत… पुरा पढौ

प्रदेश २ को नाम मधेश, जनक कि मिथिला ?

प्रदेश २ कोे स्थायी राजधानी कहाँ राख्ने र नाम के हुने भन्ने विषयमा बहस सुरु भएको छ । प्रदेशसभा सांसद र दलका नेताहरु मात्रै नभई जनस्तरसम्म पनि प्रदेशको नाम र राजधानीको विषयलाई लिएर तर्क वितर्क गर्न थालिएको छ । प्रदेशको नाम, स्थायी राजधानी र भाषाबारे सुझाव दिन प्रदेश २ सरकारले कात्तिक ११ गते डा हरिवंश झाको संयोजकत्वमा ३ सदस्यीय आयोगसमेत गठन गरेको छ । आयोगले जनस्तरबाटै सुझाब सङ्कलन गर्न थालेपछि… पुरा पढौ

प्रदेश २ को सरकारलाई धक्का

प्रदेश २ संसद्ले पारित गरेको प्रहरी विधेयकलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले फिर्ता पठाएका छन् । प्रमाणीकरणका लागि प्रदेश प्रमुख कायस्थ समक्ष पेस गरिएको उक्त विधेयकका केही बुँदा संविधानसँग बाँझिएकाले संशोधन प्रयोजनका लागि पुनः संसदमै फिर्ता पठाइएको बताइएको छ।  प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रहरी ऐन संसदमा फिर्ता पठाइएको बारे आफू अनभिज्ञ रहेको बताए। उनले भने, ‘प्रदेश प्रहरी ऐन प्रमाणीकरणका लागि प्रदेश प्रमुखकहाँ पठाइएको छ। पुरा पढौ

प्रदेश २ मा करारमा कर्मचारी भर्ना गरिने

प्रदेश नं २ को सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ सोमबार बहुमतले पारित भएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा पेश गरेको सो विधेयकमाथि नेकपाका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले संशोधन प्रस्ताव दर्ता गराएका थिए । सभामुख सरोजकुमार यादवले सो विधेयकलाई निर्णयणार्थ प्रस्तुत गर्दा विधेयक बहुमतले पारित भएको थियो । कर्मचारी अभावमा नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन शून्य रहेको दाबी मुख्यमन्त्रीको दाबी विधेयकको पक्षमा सत्ताधारी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं