pokhara mahotsav

पोखरा महोत्सवमा बुद्धिचाल प्रतियोगिता

 एकातिर महोत्सवको रौनक चलिरहेको छ । अर्कोतिर भने खेलाडीहरु ध्यान केन्द्रीत गर्दै गोटी चाल्न व्यस्त । युनाईटेड क्लबको आयोजना र कास्की जिल्ला बुद्धिचाल संघको सह आयोजनामा पोखराको अमरसिंह माविको प्रांगणमा बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । दशौ पोखरा महोत्सवको अवसरमा आयोजित उक्त प्रतियोगितामा ३० जना खेलाडीहरुको सहभागि छन् । ११ जना खेलाडी प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गरेका छन । प्रतियोगितामा लोकबहादुर थापा, पुजा भण्डारी, सागर शाही, महेश्वर अधिकारी र कृष्ण… पुरा पढौ

पोखरा महोत्सव पोखराकै पहिचान : थापा

पोखराको अमरसिंह स्कुलको खेल मैदानमा मंगलबारबाट पोखरा महोत्सव सुरु भएको छ । शान्तबहादुर थापा युनाइटेड क्लब पोखराका महासचिव हुन् । उनी क्लबले पुस २९ देखि आयोजना गरेको पोखरा महोत्सवको प्रचारप्रचार संयोजक पनि हुन् । महोत्सवको औचित्य र क्लबका गतिविधिबारे थापासँग गरिएको कुराकानी : युनाइटेड क्लबले पोखराको नाम राखेर महोत्सव आयोजना गरेको छ । यसको औचित्यचाहिँ के हो ? २०६७ वैशाख ७ गते सामाजिक मनोभावना भएका केही मानिसले बनाएको स्वयंसेवी संस्था… पुरा पढौ

९० प्रतिशत स्टल बुकिङ

दशौ संस्करणको पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ भएको जनाइएको छ। स्थानीय युनाइटेड क्लबको आयोजनामा पुस २९ देखि माघ १२ सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौं संस्करणको पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ भएको महोत्सव प्रचारप्रसार संयोजक शान्तबहादुर थापाले जानकारी दिए। कुल १३ दिनसम्म चल्ने महोत्सवमा २ सय ५० स्टल मध्ये ९० प्रतिशत स्टल बुकिङ भएको हो। महोत्सवमा पर्यटन प्रवद्र्धन र नयाँ उद्योगको प्रवद्र्धन गर्न निःशुल्क स्टलको ब्यवस्था गरिने… पुरा पढौ

पोखरा महोत्सव भव्य भएको निष्कर्ष

नवौं पोखरा महोत्सव भव्य र सभ्य रुपमा सफल भएको आयोजकले निस्कर्ष निकालेको छ । पुस २७ देखि माघ ८ सम्म पोखरा अमरसिंह चौरमा सञ्चालित महोत्सव सफल बनाउन विभिन्न प्रतिष्ठान तथा संघसंस्थाले योगदान पु¥याएको क्लबले जनाएको छ । मेलाको मुख्य प्रायोजक जगदम्बा स्टिल, विशिष्ट प्रायोजक रारा चाउचाउ,प्रायोजकहरु योकोहोमा जापनिज ल्याङवेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी,मिडिया पार्टनरहरु समाधान राष्ट्रिय दैनिक एबिसी न्युज टेलिभिजन, फेवा टेलिभिजन एचडी, अन्नपूर्ण एफएम,अफिसियल बैंक सानिमा बैंक, अफिसियल पानी स्पा… पुरा पढौ

पोखरा महोत्सव : कोही ज्योतिलाई सुन्दै, कोही चिडियाखाना हेर्दै

पोखरा महोत्सवबाट लेखनाथको पचभैयामा निर्माणाधिन जु–लोजिकल पार्क जानेको भीड  गिता राना मगर, पोखरा ३ माघ । पोखरा महोत्सव स्थल अमरसिंह चौरबाट लेखनाथमा निर्माणाधिन पोखरा जु लोजिकल पार्कमा जानेको भीड लागेको छ । महोत्सव आयोजक युनाइटेड क्लवले लेखनाथ बस सञ्चालक समिती संगको सहकार्यमा महोत्सवमा आउने जो पोखरा जु लोजिकल पार्क अवलोकनका लागी दर्शकहरुलाई निशुल्क ल्याउने र लैजाने ब्यवस्था गरेपछि जुलोजिक पार्कमा जाने दर्शकको भीड लागेको छ । महोत्सव स्थलबाट चिडियाखानको झल्को दिने… पुरा पढौ

पोखरा महोत्सव आजदेखि

पोखराको अमरसिंह चौरमा आजदेखि पोखरा महोत्सव सुरु हुँदै छ । नवौं संस्करणको पोखरा महोेत्सवको प्रचार गर्न आयोजक युनाइटेड क्लबले बिहीबार कार ¥याली निकालेको छ । महोत्सवमा आउने दर्शक जो पचभैयामा निर्माणाधीन पोखरा जुलोजिकल पार्कमा जान चाहन्छन, उनीहरुलाई त्यहाँ निशुल्क लैजाने व्यवस्था पनि आयोजकले गरेको छ । कार्यक्रममा कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानामगरले महोत्सवमा सुरक्षामा कुनै कसुर बाँकी नरहने गरी प्रहरी परिचालन गर्ने बताए । युनाइटेड क्लबका अध्यक्ष तथा… पुरा पढौ

पुस २७ बाट पोखरा महोत्सव

नवौं संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ । आयोजक युनाइटेड क्लबले मंगलवार पत्रकार सम्मेलन गरी पुस २७ देखि माघ ८ गतेसम्म अमरसिंह चौरमा हुने महोत्सवको तयारी सकिएको जनाएको हो । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लगि पोखरामा नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना निर्माणमा पहलकदमीसँगै सेती नदी संरक्षणमा पनि क्लबले योगदान गर्दै आएको छ । मूल समारोह समिति संयोजक एवं क्लबका अध्यक्ष लालकाजी गुरुङले पोखरा महोत्सव सबै पोखरेलीको भएको आभास… पुरा पढौ

पोखरा महोत्सवलाई वस्तुगत संघहरुले सघाउने

नवौं संस्करणको पोखरा महोत्सवलाई सफल बनाउन पोखराका वस्तुगत संघ संस्थाले सहयोग गर्ने भएका छन् । युनाइटेड क्लबको आयोजनामा पुसको २७ देखि माघको ८ गतेसम्म अमरसिंह माविको खेल मैदानमा हुने महोत्सवमा ३४ वस्तुगत संघ संस्थाले सहयोग जनाएका छन् । शनिबार युनाइटेड क्लबको कार्यालयमा सम्पन्न छलफलमा बुद्ध विशाल बजार व्यवसायी संघका अध्यक्ष केशव बहादुर खत्री, प्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष मथुराप्रसाद पौडेल, खुद्रा तथा किराना व्यवसायी संघका अध्यक्ष चूडामणि आचार्य, पोखरा इलेक्ट्रिकल एसोसियसनका… पुरा पढौ

जगदम्बा स्टिल पोखरा महोत्सवको मुख्य प्रायोजक

पोखरा महोत्सवलाई जगदम्बा स्टिलले साथ दिने भएको छ । पोखराको अमरसिंहचौरमा पुसको २७ देखि माघ ८ गतेसम्म हुने नवौं पोखरा महोत्सवमा जगदम्बा मुख्य प्रायोजक बन्ने भएको हो । जगदम्बा स्टिलको आधिकारिक बिक्रेता पोखराको रत्नचोकमा रहेको सिजी हार्डवेयर एन्ड सप्लायर्सका सञ्चालक दिनेशप्रसाद चौधरी र पोखरा महोत्सवका प्रायोजक व्यवस्थापन उपसमिति संयोजक लीलाबहादुर जिसीबीच मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चौधरीले पोखराबासीको चाहना पोखरामा चिडियाखाना स्थापना गर्ने भएकाले जगदम्बाले यो पटकको… पुरा पढौ

अमरसिंहचौरमा पुस २७ देखि महोत्सव

पोखरा महोत्सवको नवौं संस्करण पुस २७ गतेदेखि हुने भएको छ । पोखरा अमरसिंह माविको खेल मैदानमा हुने उक्त महोत्सव माघ ८ सम्म चल्ने क्लबले जनाएको छ । महोत्सवकै अवसरमा आयोजक युनाइटेड क्लबले लेखनाथमा बनाइरहेको चिडियाखानासमेत प्रत्यक्ष अवलोकन गर्ने सुविधा दिएको महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक शान्तबहादुर थापाले जानकारी दिए । उनले भने, ‘महोत्सव स्थलबाट सशुल्क गाडीको व्यवस्था गरिएको छ । चिडियाखाना हेर्न इच्छुक दर्शकलाई अवलोकन गराउन लैजाने छौं ।’ चिडियाखाना बनाउन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं