parliament

मन्त्री आकाशबाट खसेका होइनन् :प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित सांसदलाई ढोका बाहिर राखेर कर्मचारीलाई बिना रोकटोक पहुँच दिने शैली बदल्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । बुधवार संसद भवन सिंहदरबारमा बसेको नेकपा संसदीय दलको बैठकमा दलका नेता तथा प्रधानमन्त्रीले सांसदहरुबाट मन्त्रीका बारे गुनासो आएको भन्दै यस्तो निर्देशन दिएका हुन् । सांसद र मन्त्रीहरु सँगै राखेर प्रधानमन्त्रीले भने– ‘सांसदहरु मन्त्रीलाई भेट्नका लागि ढोकाको छेउमा कुरेर बस्नुपर्ने र कर्मचारी जुनसुकै तहको भए पनि बिना रोकटोक भित्र जाने… पुरा पढौ

गण्डकीको हिउँदे अधिवेशन पुस २३ बाट

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन पुस २३ गतेबाट सुरु हुने भएको छ । मन्त्रीपरिषद् बैठकले पुस २३ गतेबाट अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय हो । आवश्यक बिजनेस तयार भएकाले अधिवेशन गर्न लागिएको सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । गण्डकी प्रदेशको वर्षे अधिवेशन असोज ८ मा सकिएको थियो । यो अधिवेशनका लागि सरकारले ८ विधेयक तयार पारेको भने पहिल्यै दर्ता भएका ३ विधेयक पनि यही अधिवेशनमा पारित गर्ने तयारी छ… पुरा पढौ

संसदको हिउँदे अधिवेशन पुस ११ बाट

 राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवशेन आह्वान गरेकी छिन्।  राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस नोटका अनुसार पुस ११ गते दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरिएको हो। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन्। संसद भवन मर्मतको कार्य भइरहेको भन्दै अधिवेशन आह्वानमा ढिलाई भएको कानूनमन्त्री भानुभत्त ढाकालले बताएका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठकका कारण पनि अधिवेशन बोलाउन ढिलाइ भएको थियो। विधेयक अधिवेशनसमेत भनिने गरेको यस अधिवेशनमा… पुरा पढौ

संघीय संसद् अधिवेशन बोलाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले जति सक्दो चाँडो सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कानून निर्माणलगायत मुलुकका जल्दाबल्दा र जनसरोकारसँग सम्बन्धित विषयमा छलफल र बहस आवश्यक रहेकाले यथाशक्य छिटो संसद्को अधिवेशन बोलाउन आवश्यक रहेको बताए । संसद्को अधिवेशन बोलाउने सन्दर्भमा सरकारले प्रमुख प्रतिपक्षसँग हालसम्म कुनै परामर्श नगरेको र पुराना ३ सय भन्दा बढी कानुन संविधानसम्मत तुल्याउनुपर्ने, प्रदेश र स्थानीय तहसँग… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं