pakisthan

मृत्युदण्डको फैसला ‘प्रतिशोध’का आधारमा गरियोः मुशर्रफ

पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैनिक शासक परवेज मुशर्रफले आफूविरुद्ध गरिएको मृत्युदण्डको फैसलालाई ‘प्रतिशोध’का आधारमा गरिएको फैसलाको संज्ञा दिएका छन्। उपचारका लागि भन्दै लामो समयदेखि दुवईमा स्वैच्छीक निर्वासनमा रहेका मुशर्रफका सहयोगीहरुले बुधबार राती अबेर सार्वजनिक गरिदिएको भिडियो सन्देशमा उनले अदालतको फैसला प्रतिशोधको आधारमा गरिएको टिप्पणी गरेका छन्। पाकिस्तानको एउटा विषेश अदालतले गत मङ्गलबार मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला गरेको थियो। पाकिस्तानी इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको फैसला गरिएको हो। भिडियो सन्देशमार्फत्… पुरा पढौ

अस्पतालमा वकिलहरुको तोडफोड, ३ बिरामीको मृत्यु

पाकिस्तानको लाहोरस्थित एक अस्पतालमा वकिलहरुको समूहले तोडफोड गर्दा ३ जना बिरामीको ज्यान गएको छ।। लाहोरको पञ्जाब इन्सटिच्युट अफ कार्डियोलोजीभित्र छिरेर तोडफोड गर्दा उपचार नपाएका बिरामीको मृत्यु भएको हो । डाक्टरहरू र एक वकिलबीच भएको झगडाको बदलामा यो आक्रमण भएको बताइएको छ । वकिलहरूले डाक्टरहरू विरुद्ध कारबाहीको माग गरिरहेका थिए र बुधबार उग्र रुपमा उनीहरु अस्पतालमै पसी आक्रमण गरेका हुन्। बुधबार ठूलो संख्यामा आएका वकिलहरुले अस्पतालमा तोडफोड गर्नुका साथै केही सवारी… पुरा पढौ

पाकिस्तानी गोलीबारीमा दुई गोर्खा जवान सहिद

आइतवार बिहानै जम्मु(कस्मिरको कुपवड़ाको तङ्गधार सेक्टरमा भारतीय सेनाको चौकी र ग्रामीण क्षेत्रलाई लक्षित गरी पाकिस्तानी सेनाले गरेको गोलीबारीमा देशको सुरक्षार्थ दुईजना गोर्खा जवान सहिद भएका छन्। सहिद हुने गोर्खा सैनिक क्रमैले हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गमिल कुमार श्रेष्ठ हुन्। यद्यपि उनीहरू कहाँका हुन् त्यसको भने पुष्टि भएको छैन। पछिल्ला दुई महिनायता पाकिस्तानी गोलीबारीमा ५ गोर्खा सैनिकले ज्यान गुमाइ सकेका छन्। पुरा पढौ

पाकिस्तानी टिभीमा बेड सिन प्रतिबन्ध

पाकिस्तानका टेलिभजन च्यानलले सयन कक्षको र महिला र पुरुषको अन्तरङ्ग दृश्य देखाउन नपाउने भएका छन् । पुरातनवादी समाज रहेको देश भएकाले टेलिभिजनले यस्ता दृश्य देखाउन उपयुक्त नहुने भन्दै आवाज उठेपछि यस्तो घोषणा गरिएको हो ।  पाकिस्तानको विद्युतीय सञ्चारमाध्यम नियमन प्राधिकरण (पीईएमआरए)ले अश्लील दृश्य देखाउन नपाइनेसम्बन्धी निर्देशन मङ्गलबार जारी गरेको छ ।  निर्देशनमा सञ्चारमाध्यमसम्बन्धी निर्देशिकाको कार्यान्वयन गर्न र देशको सामाजिक अवस्थाको ख्याल गर्न आग्रह गरिएको छ ।  “पाकिस्तानी नाट्य उद्योगमा बनाइएका कतिपय… पुरा पढौ

पूर्व प्रधानमन्त्रीलाई ७ वर्ष जेल

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई अल अजिजिया भ्रष्टाचार मामलामा ७ वर्षको जेल सजाय भएको छ । भ्रष्टाचार विरोधी अदालतमा सोमबार भएको फैसला अनुसार शरीफलाई ७ वर्षको जेल सजाय तोकिएको हो । फ्लागसिप इन्भेस्टमेन्टसम्बन्धी मुद्दामा प्रमाणको कमीका कारण शरीफले छुट पाएका छन् । ७ वर्षको फैसलासँगै शरीफलाई २५ लाख डलर जरिवाना पनि गरिएको छ । शरीफ यस अघिदेखि नै भ्रष्टाचारकै अभियोगमा जेल सजाय काटिरहेका छन् । पाकिस्तानको सर्वोच्च अदालतले उनलाई प्रधानमन्त्री… पुरा पढौ

तरकारीमा लुकाइएको बम पड्किँदा ३१ व्यक्तिको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तरकारी राखेको कार्टुनमा लुकाइएको बम विस्फोटन हुँदा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।   मानिसको अत्यधिक भिडभाड भएका बेला भएको घटनामा परी अरु ५० भन्दा बढी घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । हरेक शुक्रबार साप्ताहिक बजार लाग्ने ठाउँ कलायामा तरकारीसँगै बेरेर राखिएको बम विस्फोटन भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् ।   घटना भएको क्षेत्रमा सिया मुसलमान समुदायको बढी प्रभाव रहेको स्थानीय वरिष्ठ प्रहरी खालिद इक्वालले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं