nepaljung

नेपालगञ्ज विमानस्थलमा सहायता कक्ष सञ्चालनमा

विपद् व्यवस्थापनका गर्न बाँके र बर्दिया जिल्लालाई लक्षित गरी नेपालगञ्ज विमानस्थलमा मानवीय सहायता कक्ष बिहीबारदेखि सञ्चालनमा आएको छ। गृह सचिव प्रेमकुमार राईले सातवटै प्रदेश र सबै दुर्गम विमानस्थल रहेको ठाउँमा गरी १२ वटा मानवीय सहायतास्थल निर्माण गर्ने योजना रहेको जानकारी दिए। काठमाडौँ र धनगढीपछि नेपालगञ्ज विमानस्थलमा स्थापना भएको सो कक्ष तेस्रो भएको जनाइएको छ। उनले सहायता कक्ष निर्माण भए पनि कर्मचारी व्यवस्थापनमा समस्या रहेको हुँदा यथाशीघ्र सबै ठाउँमा कर्मचारी व्यवस्थापनको… पुरा पढौ

भारत छिर्दै गरेका २० बालबालिकाको उद्धार

अभिभावकलाई भेट्न भारत जान लागेको बताउने २० जना बालबालिकालाई नेपालगञ्जस्थित सीमामा रोकी सम्बन्धित अभिभावक र आफन्तलाई जिम्मा लगाइएको छ। सिविन बाल हेल्पलाइन नेपालगञ्जका प्रमुख सिद्धराज पनेरुले प्रशासनको रोहबरमा बालबालिकालाई अभिभावकको आफन्तको जिम्मा लगाएको बताए। उनले भने, “यसरी असुरक्षित यात्राले बालबालिका जोखिममा पर्र्ने सम्भावना रहन्छ।” उनका अनुसार बेवारिसे अवस्थामा रहेका बालबालिकाको प्रहरी, बालबालिकाका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयको सहयोगमा उद्धार गरिएको छ। हिउँद लागेपछि जाडो छल्न उनीहरु भारतको गोरखपुर कामका… पुरा पढौ

आर्मीका नवराज नेपालगन्ज म्याराथन च्याम्पियन

दुईघण्टा २५ मिनेट ४२ सेकेण्डमा पुरा गर्दै नेपाल आर्मीका त्रिभुवन आर्मीका नवराज साउद नेपालगन्ज म्याराथन च्याम्पियन बनेका छन् । शनिबार ४२.१९५ किलोमिटरको दुरी पुरा गर्दै उनले ६५ हजार नगदको हकदार बन्दै च्याम्पियन बने । क्रिएटिभ ह्यान्ड्सको आयोजनामा भएको म्याराथनतर्फ आर्मीकै खेलाडीले वर्चस्व कायम रह्यो । आर्मीका धावकले शीर्ष ५ स्थानमा आफनो प्रभुत्व कायम गरे । खगेन्द्र भाटले २ घण्टा २५ मिनेट ५८ सेकेन्डमा दुरी पूरा गर्दै ४० हजार रुपैयाँसहित दोस्रो… पुरा पढौ

तरुणदलका सभापति शाह कारागार चलान

हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत बाँकले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।उनका अनुसार शाहसँगै पक्राउ परेका अन्य तीन जनालाई भने एक लाख ५० हजार रुपैयाँ धरौटी माग गरिएको छ । सरकारी वकिल कार्यालयले गत शुक्रबार नगर सभापति शाहसहित चार जनालाई हातहतियार… पुरा पढौ

‘पाँचौं धारा नेपालगञ्ज म्याराथन’ शनिबार हुदैं

मंसिर ७ गते शनिबार नेपालगञ्ज म्याराथन हुदैं छ । धारा नेपालगञ्ज म्याराथनको पाँचौं संस्करण नजिकिदै गएको म्याराथनलाई तोरीको तेलसँग मुख्य प्रायोजकका रुपमा सहकार्य गरको छ । धारा नेपालगन्ज म्याराथनमा इ एसोसिएसन विथ आर्शिवाद पेन्ट्स र पावर्ड बाई राष्ट्रिय बाणिज्य बैंक आबद्ध भएका हुन् । पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहरको रुपमा परिचित छ । सामाजिक एकताको प्रतिक खेलकुदमार्फत… पुरा पढौ

राप्रपा नेता मेयर भएको उपमहानगरपालिका पृथ्वी जयन्तीमा बिदा

नेपालगन्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । उपमहानगर कार्यपालिकाको आज बसेको बैठकले शुक्रबार एक दिन पृथ्वी जयन्तीका अवसरमा उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ । सो निर्णयमा उपमहानगरपालिकाका वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत सम्पूर्ण कार्यालयहरु बन्द हुने जनाइएको छ ।   उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशमशेर राणा छन् । राष्ट्रिय एकता दिबसको अबसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि काठमाडौँमा चियापान… पुरा पढौ

कुखुराको खुट्टा भाँच्दा ४ दिन हिरासतमा !

कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । गत मङ्सिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचिदिएको भन्दै कुखुरा लिएर जिल्ला प्रहरी कार्यालय बाँके पुगेर उनकै छिमेकी मोहम्मद रफिकले उजुरी दर्ता गराएका थिए । पटक–पटकको छलफलपछि पनि उनीहरूबीच कुरा मिल्न सकेको थिएन । प्रहरी कार्यालयमा भएको छलफलअनुसार मुद्दा दिने रफिकलाई कुखुराको मूल्य लिएर मिल्न र अकबाललाई कुखुराको मूल्य तिरेर लैजान सुझाव… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं