nepal government

सरकार-आन्दोलनरत कर्मचारी नौ बुँदे सहमति

कर्मचारी समायोजनको विरोध गरिरहेका कर्मचारी सरकारबीच नौ बुँदे सहमति भएको छ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र सरकारबीच बुधबार साँझ सहमति भएको हो ।  स्थानीय तहमा समायोजन भएर जाने सबै तहका कर्मचारीलाई तत तत सेवामा बढुवा नपाएसम्म केन्द्रमा बढुवाको अवसर दिने सहमति भएका छ । सरकारले कर्मचारी अध्यादेश ल्याएपछि देशभर कर्मचारी आन्दोलित भएका थिए । समायोजनलाई सहज र वृत्ति विकासलगायतलाई व्यवस्थित बनाउन समायोजनमा जानेको सेवा, शर्त र सुविधाको सुरक्षा… पुरा पढौ

काठमाडौं ३ सय विद्युतीय बस चल्ने

नेपाल सरकारले ३०० विद्युतीय बस किन्ने भएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रवृधिमन्त्री गोकुल बाँस्कोटाले ती बस काठमाडौं उपत्यकामा चलाइने बताए । उनले तीन देशका राजदूतहरु फिर्ता बोलाई परराष्ट्र सहसचिव गणेश ढकाललाई थाइल्यान्ड, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघ जेनेभाका लागि स्थायी प्रतिनिधि, दीपक अधिकारी फ्रान्स, दुर्गा भण्डारी कुवेतका लागि सिफारिस गरिएको जानकारी दिए । पुरा पढौ

प्रदेश र केन्द्रका विवाद सुल्झिएलान् ?

संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुरु भएको छ । संविधान, कानून, बजेट र नीति कार्यक्रम कार्यान्वयन तथा अधिकारको व्यावहारिक बाँडफाँटका सम्बन्धमा देखिएका विवाद समाधान गर्न लामो समयदेखि यो परिषद्को बैठक माग गरिएको थियो । प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले केन्द्र सरकारसँग बसेर किनारा लगाउनुपर्ने विषयमा ध्यान नदिएको गुनासो गर्दै आएका थिए । नेपालको संविधानको… पुरा पढौ

गण्डकी प्रदेशलाई लोकसेवा गठन गर्न स्वीकृति

सङ्घीय सरकारले कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेसँगै गण्डकी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठनको काम अघि बढाएको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेकोे बैठकले प्रदेश लोक सेवा आयोग गठनका लागि आवश्यक कानून तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिएसँगै आयोग गठन प्रक्रिया शुरु भएको हो । सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बैठकका निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोग गठन सम्बन्धमा आवश्यक कानूनको मस्यौदा बनाउन सैद्धान्तिक स्वीकृति दिएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं