nepal communist party

नेकपाले टुंगो लगायो ७ प्रदेश प्रमुखको नाम

सोमबार बसेको सचिवालय बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । जसअनुसार अमिक शेरचन , सोमनाथ अधिकारी, तिलक परियार , धर्मनाथ यादव , गोविन्द कलौनी, शर्मिला त्रिपाठी र विष्णु प्रसाईँ को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बैठकपछि नेकपा प्रवक्ता विष्णु पौडेलले जानकारी दिएका छन्। कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिने भन्नेचाहिँ मन्त्रिपरिषद्ले टुंगो… पुरा पढौ

चुनावमा एकतावद्ध हुन पूर्वमन्त्री अधिकारीको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सह–इन्चार्ज एवम पूर्वमन्त्री खगराज अधिकारीले पार्टी एकिकरण पछि हुन लागेको पहिलो निर्वाचन सफल पार्न कार्यकर्ताहरु दृढ संकल्पका साथ लाग्न आग्रह गरेका छन् । शुक्रबार पोखरा महानगरपालिका - १७ मा पार्टी कमिटीद्धारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले दुई ठुला कम्युष्निट पार्टी एक भई सकेपछि हुन लागेको यो पहिलो चुनावमा एकताको राम्रो सन्देश जानु पर्ने बताउदै कार्यकता र सिद्धान्तको आधारमा पार्टी एकता भएकोले एकताको औचित्यलाई… पुरा पढौ

पूर्वसभासद कमला सुवेदीको निधन

नेकपाकी नेतृ एवं पूर्वसभासद कमला सुवेदीको निधन भएको छ। ब्रेन ट्युमरको समस्याबाट पीडित सुवेदीको ५० वर्षको उमेरमा निधन भएको हो । शनिबार बिहान काठमाडौंको पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ । सुवेदीको पार्थिव शरिरमा नेकपाका नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका छन् । उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न महासचिव विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहरालगायतका नेता कार्यकर्ताहरु आर्यघाट पुगेका छन् । रामेछापको बाबियाखर्क माइती र मन्थली नगरपालिका वडानम्बर १ घर… पुरा पढौ

विप्लवबाट कुटिए नेकपाका कार्यकर्ता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका–८ लैखमको बीचमा रहेको उकालोमा नेकपाका केन्द्रीय सदस्य नीरज आचार्य र कर्णाली प्रदेश कमिटीका सदस्य डम्बर सिंहमाथि आक्रमण गरेको छ । बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको हो। आक्रमणमा परी प्रदेशसदस्य सिंहलाई बढी चोट लागेको आचार्यले जानकारी दिए। चन्द कार्यकर्ताले दुवै नेताको मोबाइल फोन कब्जामा लिएका बताएको… पुरा पढौ

आँखा बन्द गरेर ‘केही भएन’ भन्नेहरु आँखा खोलेर हेर

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बचाउ गर्दै केही पनि भएन भन्नेहरुलाई आँखा खोलेर हेर्न आग्रह गरेका छन् । दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् । निश्चित उद्देश्य बोकेको मानिसहरुले मात्र केही भएको छैन भनेर भ्रम फैलाएको उनले बताए । आँखा बन्द गरेर केही भएन भनिएको भन्दै उनले के भिन्नता… पुरा पढौ

उपनिर्वाचनका उम्मेदवार कात्तिक १० भित्र सिफारिस गर्ने

नेकपाको बुधबार बिहान बसेको सचिवालय बैठकले आसन्न उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम आगामी कात्तिक १० गतेभित्र सिफारिस गर्न मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको छ। आगामी मंसिर १४ गते उपनिर्वाचनको लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको कमिटी र जिल्ला कमिटीलाई तीन(तीन जनाको नाम कात्तिक १० गतेभित्र केन्द्रमा सिफारिस गर्न भनेको हो । सो सिफारिसको आधारमा अन्तिम निर्णय केन्द्रले गर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। यस्तै नगरपालिका र गाउँपालिकाका मेयर,… पुरा पढौ

नेकपाको चियापानमा एक लाखलाई निम्तो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यस वर्ष चियापान कार्यक्रमका लागि एक लाख कार्ड बाँड्ने भएको छ । पार्टीले असोज २९ गते दशैँतिहार, नेपाल संवत्, इद, ल्होसार र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्नका लागि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पार्टीका कार्यकर्ता, सर्वसाधारण, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका पदाधिकारी, संवैधानिक निकायका र उच्चपदस्थ कर्मचारीलाई निम्तो दिँदैछ । चियापानमा निम्ताका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर भएको निम्ताकार्ड बाँडिने नेकपा केन्द्रीय कार्यालय… पुरा पढौ

नाम कम्युनिस्ट भएपनि काम त्यसअनुसारको छैन : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्टहरु स्खलित हुँदै गएको बताएका छन् ।खुला राजनीति र शासनसत्तामा पुगेसँगै आदर्श, विचार र निष्ठाबाट विस्तारै थाहा नै नपाई स्खलित हुन पुगेको र नाम कम्युनिस्ट पार्टी नै रहेपनि व्यवहार त्यसअनुसारको नभएको बताएका छन्। स्वर्गीय साहाना प्रधानको पाँचौ समृति सभालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निरंकुश तानाशाही राणाशासनविरुद्ध जीवनभर लडेकी नेतृ साहाना प्रधानलाई स्मरण र सम्मान गर्दै सवैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको… पुरा पढौ

मसालको पोलिटब्युरो सदस्य थापा पार्टी बाट निष्कासित

अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पोलिटब्युरो सदस्य गोविन्दसिंह थापालाई साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको छ । ५ दशकदेखि पार्टीमा काम गर्दै आएका उनलाई पार्टीले गम्भीर आरोप लगाएर निस्कासन गरेको  हाे ।  भारतमा अखिल भारत नेपाली एकता समाजको विस्तारमा समेत महत्वपूर्ण योगदान दिएका उनलाई   ‘हाँक’ साप्ताहिकको प्रकाशक तथा प्रधान सम्पादकबाट समेत हटाएको छ । हाँक साप्ताहिकको स्वामित्वलाई लिएर मसालमा विवाद थियो । पञ्चायतकालमा व्यक्तिको नाममा दर्ता गर्नुपर्ने भएकाले पार्टीको मुखपत्र… पुरा पढौ

पार्टीभित्र व्यक्तिवादी चरित्र मौलाउँदै गयो:अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेताहरुमा अनुशासन हराउँदै गएको टिप्पणी गरेका छन् । उनले पार्टीका नेताहरुले जे मन लाग्यो त्यहि बोल्न लागेको बताए । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले नेताहरुमा समुहको हितलाई वेवास्था गर्दै व्यक्तिगत रुपमा मनलागी बोल्ने शैली विकास भएको बताए । बिहिबारको सचिवालय वैठकमा पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच चर्काचर्की भएको प्रति इंकित गर्दै अध्यक्ष… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं