nepal army

नेपाली सेनालाई वित्तीय साक्षरता प्रदान गर्दै मेगा बैंक

मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरमा नेपाली सेनालाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित देवीदल गणमा कार्यरत नेपाली सेनाका विभिन्न दर्जालाई बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो। मेगा बैंक महेन्द्रनगर शाखाबाट आयोजित कार्यक्रममा शाखा प्रबन्धक सन्जोग भट्ट लगायतले मेगा बैंकका सेवा, सुविधा, बचत गर्ने तरिका र लाभ, कर्जा प्रक्रिया, दैनिक जीवनमा बैंकको महत्वका साथै वित्तीय साक्षरता र वित्तीय जागरण, आर्थिक समृद्धिका लागि बैैंकिङ सेवाको महत्व… पुरा पढौ

नेपाली सेनामा ठूलो संख्यामा भर्ना खुल्यो

नेपाली सेनाले ठूलो संख्यामा प्राविधकि र र सैन्य पदमा दरखास्त माग गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले माघ ७ गते मंगलबार सूचना प्रकाशित गर्दै विभिन्न समूहका लागी २ हजार ३ सय २३ जनाको माग गरेको छ । नेपाली सेनाले प्राविधकि र सैन्य पदमा दरखास्त माग गरेको हो। विभिन्न पदका लागि माघ ७ गते देखि फागुन ७ गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ। पुरा पढौ

अमेरिकाद्धारा नेपाली सेनालाई २ विमान हस्तान्तरण

अमेरिकी सरकारले नेपाली सेनालाई दुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गिरीलाई ती स्काई ट्रक हस्तान्तरण गरेका हुन्।छोटो समयमा उडान र अवतरण गर्नसक्ने क्षमतासहितको उक्त विमान नेपालको भूगोलका लागि उपयुक्त मानिन्छन्। नेपालको मानवीय सहायता र विपद् व्यवस्थापन प्रतिकार्य सञ्चालनमा यी स्काई ट्रकबाट महत्वपूर्ण योगदान पुग्नेछ । अमेरिकी सरकारबाट हालसम्म प्रदान गरिएको यो… पुरा पढौ

चौकीबाट हामफाल्दा सैनिक जवानको मृत्यु

प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए । कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा उनी गम्भीर घाइते भएका थिए । घाइते कँडेलको उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको… पुरा पढौ

यस्तो छ नेपाली सेनाको नयाँ विमान

नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरिएको नयाँ कार्गो विमान काठमाडौं आईपुगेको छ । यो विमान सेनाले विभिन्न मालसामान ढुवानी, भीआईपी सवारी तथा प्राकृतिक वितपतका बेला राहत तथा उद्दारका समयमा प्रयोग गर्नेछ । दुई वर्षअघि भएको सीएन २३५-२२० विमान खरिद सम्झौता अनुरुप विमान काठमाडौं आईपुगको सेनका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरलाई जानकारी दिए । करिब ३ अर्ब खर्चिएर किनिएको विमान यात्रु ओसार्न पनि प्रयोग गर्न सकिने खालको छ । यो… पुरा पढौ

जलकुम्भी हटाउन दीर्घकालीन उपाय खोज्दै महानगर

पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल जलकुम्भी झारले ढाकिएपछि त्यसलाई हटाउन महानगरले सञ्चालन गरेको अभियान स्थगित भएको छ । सोमबारको सफाइ अभियानमा नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति गोकुल भण्डारीसहित १ सय २५ जना नेपाली सेना सहभागी भएका थिए । महानगरले सञ्चालन गरेको अभियानबाट तालमा रहेको ५० प्रतिशत जलकुम्भी भार निकालिएको दाबी गरिएको छ । नेपालीको महान पर्व दसंैका कारण अभियान स्थागित गरिएको महानगरले जनाएको छ । पोखरा महागनरपालिकाका प्रमुख मानबहादुर… पुरा पढौ

पाकिस्तानी सेनाको आक्रमणमा २ नेपालीको मृत्यु

भारतीय सेनामा कार्यरत २ नेपालीको पाकिस्तानी सेनाको आक्रमणमा ज्यान गएको छ । सुवेदार पदमा कार्यरत रुपन्देहीको तिलोत्तमा ९, तुलसीपुरका सुवेदारद्वय गमरबहादुर थापा र रमन थापाको भारतको कुपवाडा जिल्लामा मृत्यु भएको हो । शुक्रबार पाकिस्तानको स्नाइपर आक्रमणमा परेका उनीहरुलाई श्रीनगरस्थित ९२ बेस अस्पतालमा लैजाने मृत्यु भएको जनाइएको छ । ४२ वर्षीय गमरबहादुर सन् १९९३ मा २÷८ गोर्खा राइफल्समा भर्ती भएका थिए । उनका पत्नी र २ छोरा छन् । ३९ वर्षीय… पुरा पढौ

नेपाल टेलिकम नजिकै शक्तिशाली कुकर बम फेला

सिराहाको गोलबजार नगरपालिका–४ स्थित नेपाल टेलिकमको टावर नजिकै प्रेसरकुकर बम फेला परेको छ । आइतबार बिहानै फेला परेको बमको डिस्पोज गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । गोलबजारदेखि दक्षिण बलकवा जाने बाटोमा पर्ने बस्तीभन्दा ५० मिटर पश्चिम टेलिकमको रिपिटर टावरभन्दा डेढसय मिटरको आसपासमा बम फेला परेको हो । घटनास्थलमा स्वतन्त्र तराई निमाृण सेनाको पर्चा फेला परेको छ । नेपाली सेनाको श्री नयाँ गोरख गणको बम डिस्पोजल टोलीले… पुरा पढौ

आर्मीलाई राष्ट्रिय पुरुष लिग भलिबल उपाधि

लिगचरणमा व्यहोरेको हारको बदला लिदैै त्रिभुवन आर्मी क्लबले चौथो सस्करणको आरबिबि एनभिए राष्ट्रिय लिग भलिबल प्रतियोगिताको उपाधि रक्षा गर्दै डिफेन्डिङको साख कायमै राख्यो । शसस्त्र प्रहरी बललाई पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको सेन्टर कोर्टमा शनिबारको फाईनल प्रतिस्पर्धामा आर्मीले ३–२ सेटले पराजित गर्दै उपाधिमा आफनो नाम लेखाउँदै इतिहास दोहोर्यायो । निकै प्रतिस्पर्धात्मक खेलमा आर्मीले शसस्त्रलाई पराजित गर्न पाँचै सेटसम्म खेल्नु पर्यो । लिग चरणमा समेत शसस्त्रले आर्मीलाई पराजित गर्ने क्रममा पाँचै… पुरा पढौ

पुरुष हाफ म्याराथनमा आर्मीको कब्जा, महिला दौडमा सरिता प्रथम

पाँचौ ग्रेट हिमालय पर्वतीय महोत्सवको दोस्रो दिन अन्तर्राष्ट्रिय पर्वतारोहण दिवसको अवसरमा आयोजित पुरुष हाफ म्याराथनमा नेपाली सेनाका धावकले आधिपत्य कायम गरेका छन् । नेपालगन्जमा आगामी माघको अन्तिम सातादेखि शुरु हुने आठौं राष्ट्रिय प्रतियोगिताको तयारीको लागि जुटेका नेपाली सेनाका धावक होमलाल श्रेष्ठले मंगलबार बैकुण्ठ मानन्धर गे्रट हिमालय पर्वतीय हाफ म्याराथनको उपाधि जितेका छन् । श्रेष्ठले २१ किलोमिटरको दुरीलाई १ घण्टा २१ मिनेट २६ सेकेण्डमा पुरा गर्दै उपाधि जित्दा नेपाली सेनाकै धावक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं