myagdi

बाग्लुङमा जन्ती सवार ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु

बाग्लुङको तमानखोला गाउँपालिका ३ बुलबुलेमा जन्ती सवार ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार म्याग्दीको मालिका गाउँपालिका २ का २१ वर्षीया रीता पुन, सोही ठाउँकी ५२ वर्षीया मन कुमारी पुन र ५७ वर्षीय ओम प्रकाश पुन रहेका छन् । म्याग्दीको मालिकाबाट ३५ जना जन्ती लिएर बाग्लुङका बोङ्गादोभानतर्फ जाँदै गरेको ग १ त ५७६२ नम्बरको ट्याक्टर बिहीबार साँझ पौने ७ बजेतिर दुर्घटना भएको थियो ।… पुरा पढौ

प्रअ माथि खुकुरी प्रहार गर्ने युवक पक्राउ

म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई बुधबार खुकुरी प्रहार गरी फरार भएका म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङका २७ वर्षीय रमेश पुन पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले निस्कोट र रुमको बीचमा रहेको खोलाबाट उनलाई नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी… पुरा पढौ

खुकुरी प्रहारबाट विद्यालयकी प्रअ गम्भिर घाईते

म्याग्दीमा खुकुरी प्रहारबाट स्थानीय विद्यालयकी प्रधानाध्यापक गम्भिर घाइते भएकी छिन् । बुधवार विहान करिब साढे ९ बजे मालिका गाउँपालिका–२ रुमको बिलबाङबाट खबाङ स्थित विद्यालयतर्फ जाँदै गरेकी राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रअ इन्द्रकुमारी पुनलाई स्थानीय रमेश पुनले खुकुरी प्रहार गरेर घाइते बनाएका हुन् । बाटोमा हिँडीरहेकै अबस्थामा प्रअ पुनमाथि एककासी खुकुरी प्रहार गरि आक्रमण भएको र उनी गम्भिर घाईते बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खुकुरी प्रहारबाट बाटोमै बेहोस भएकी… पुरा पढौ

म्याग्दीमा पिसाब बेचेर पैसा कमाउने अनौठो अभियान शुरु

म्याग्दीको मङ्गला गाउँपालिकाले नेपालमा नै पहिलोपटक मानव मूत्र (पिसाब) बेचेर पैसा कमाउने अभियान शुरु गरेको छ । मङ्गला गाउँपालिकाले अभियानलाई सफल बनाउन गाउँपालिकाका सबै वडाका विद्यालय, सार्वजनिक स्थान र घरमा शौचालयमा राख्नका लागि जर्किन वितरण गरी त्यसमा नै पिसाब गर्ने र सोही पिसाब खेतबारीमा लगाइएको बालीनालीमा प्रयोग गरी उत्पादन बढाउने नयाँ तरिका अपनाएको हो । यसअघि गाईभैँसी तथा कुखुरा र भेडाबाख्राको मलमूत्रबाट तरकारी र खाद्यान्न उत्पादन गर्दै आएका किसानले नयाँ… पुरा पढौ

चन्दा जुटाएर सङ्ग्रहालय

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको करबाकेलीमा स्थानीयवासीले चन्दा जुटाएर सङ्ग्रहालय निर्माण शुरु गरेका छन् । करबाकेली संरक्षण तथा व्यवस्थापन समितिले म्याग्दी जिल्लामा बसोबास गर्ने सबै समुदायको पहिचान झल्कने दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री सङ्कलन गरेर सङ्ग्रहालय निर्माण शुरु गरेको हो । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारका सम्बन्धित मन्त्रालयमा गरिएको प्रस्तावको सुनुवाइ भएपछि समुदायबाट चन्दा र श्रमदान जुटाएर सङ्ग्रहालयको पूर्वार्धार निर्माण शुरु गरिएको निर्माण समितिका सचिव रवी गर्बुजा… पुरा पढौ

विषालु घाँस खादा १२ बाख्रा मरे

म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–३ घुमाउने तालमा विषालु घाँस खाएर स्थानीय अनिल शाहीका १२ बाख्रा मरेका छन्। चरन क्षेत्रबाट गोठमा फर्किएका बाख्रा बिहीबार गोठमै मरेको अवस्थामा भेटिएका थिए। व्यावसायिक बाख्रापालन गरिरहेका स्थानीय कृषक शाहीका अनुसार चरन क्षेत्रबाट ल्याएपछि घाँस नखाने, झोक्रिनेजस्ता लक्षण देखिएको थियो। गोठभित्र धमाधम बाख्रा मर्न थालेपछि कृषक शाहीले भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीलाई जानकारी गराएका थिए।  केन्द्रका प्रमुख चिकित्सक जीवन आचार्यको नेतृत्वमा गएको टोलीले विषालु घाँस… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं