mother

शिशु मार्ने आमा पक्राउ

आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ ।  काठमाण्डौँ महाबौद्धस्थित आफ्नै कोठामा यही माघ १ गते नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।  शिशुको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको र घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  पुरा पढौ

परपुरुषको पेट बोकेर बच्चाको हत्या

सृष्टिकै सर्जक आमाबाट आफ्नै सन्तानको हत्या हुन सक्ला ? यस्तो क्रूर, अमानवीय र विरल घटना तनहुँमा भएको छ । आफ्नै नवजात शिशुको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँलेएक महिलालाई पक्राउ गरेको छ । तनहुँको भानु ३ दोरदोरकी ३७ वर्षीया लक्ष्मी गन्धर्वले नवजात शिशुको हत्या गरेको प्रहरीले जनाएको छ । उनले शिशु हत्या गरी मंगलबार झाडीमा फालेको थिइन् । सुरुवालले घाँटी कसेर बेरेको अवस्थामा नवजात शिशुको शव मंगलबार साँझ भेटिएको प्रहरी… पुरा पढौ

आमा मिलन सहकारी आफ्नै भवनमा

आमा मिलन बहुउद्देश्यीय बचत तथा ऋण सहकारीले पोखरा नागढुंगाको आफ्नै भवनबाट कारोबार सुरु गरेको छ । स्थापनाको सातौं वर्षगाँठमा सहकारीले आपनै भवन बनाएको हो । यो अवसरमा नयाँ भवनबाट पहिलो पटक सेवा लिने सेवाग्राहीलाई सम्मान गरियो । पहिलो सेवाग्राही मिरा तुलाचन, संस्थाकी उपाध्यक्ष निर्मला घिमिरे र खेमबहादुर थापालाई संस्थापक अध्यक्ष इन्दिरा पौडेललेसम्मान गरिन् । बचतकर्ता सदस्यको वृहत्तर आर्थिक सामाजिक, सांस्कृतिक विकासमा अभिवृद्धि गर्न, संस्थालाई एक सफल वित्तीय संस्थाको रुपमा परिचित… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं