कार्यालय समयमा मोवाइल नचलाउन मन्त्रीको निर्देशन
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आइतबार काठमाडौंमा उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइलसमेत नचलाउने निर्देशन दिएका छन् । मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्वीर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कारबाही गर्न विमानस्थल नेतृत्वलाई निर्देशन दिएका छन् । विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सीसी टिभी क्यामेराको थप व्यवस्था गर्ने योजना रहेको पनि…
पुरा पढौ
मोबाइलबाट करेन्ट लाग्दा मृत्यु
मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर तनहुँमा शुक्रबार राति १ युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रिसिङ गाउँपालिका १ सेटाङका २० वर्षीया मिरा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ । अविरल परेको वर्षासँगै चट्याङ पर्दा करेन्ट लागेर घाइते थापाको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । थापा लामास्वाँरास्थित माइतीघर आएकी थिइन् ।
पुरा पढौ
मोबाइलको ब्याट्री पड्केर बालकको मृत्यु
मोबाइलको ब्याट्री पड्केर आज एक बालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ मा ११ वर्षीय बालक अमित मण्डलको परालको आगोमा ब्याट्री पड्केर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो ।
पुरा पढौ
नेकपाभित्रै विरोधपछि दीगम्बरको राजीनामा
नेपाल दुरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष दिगाम्बर झाले राजीनामा दिएका छन् । नियुक्तिको बिषयलाई लिएर चौतर्फी विरोध भएपछि झाले राजीनामा दिएका हुन्। झाले आजै काठमाडँौमा पत्रकार सम्मेलन गरि आफुले अनियमितता गरेको प्रमाणित गरे आफु राजिनामा गर्न तयार रहेको बताएका थिए। आफुमाथि लगाइएको भ्रष्टाचारको आरोप पुष्टि गर्न सत्तारुढ नेकपाका नेताहरुलाई समेत चेतावनी दिएका थिए। उनले आफुलाई बलिको बोको बनाउन खोजीएको भन्दै अब पनि नेताहरु चुप नलागे न्याय माग्न अदालत जाने बताएका थिए।…
पुरा पढौ