mirtu

मदिरा शेवनबाट मृत्यु भएका परिवारलाई ३-३लाख दिने

धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३-३ लाख राहतस्वरुप प्रदान गर्ने भएको छ । मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सवैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा आज विहान पुगेर पीडित परिवारलाई समवेद्ना प्रकट गर्दै सो राहत रकम प्रदान गर्ने घोषणा गरेका हुन् । सो अवसरमा उनले विषाक्त मदिरा विक्री वितरण तथा उत्पादन गर्नेलाई कानूनको दायरामा ल्याउने स्पष्ट पार्दै प्रदेशलाई चाडै ‘खुल्ला मदिरामुक्त प्रदेश’ घोषणा गर्ने… पुरा पढौ

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–२ भाँसीदेखि ब्रह्मदेव बजार जोड्ने लिंक रोडमा बिहिवार राति म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्द रहेका छन् । मृत्यु हुनेहरु दुवै एउटै मोटरसाइकलमा सवार थिए वा पैदल यात्रीलाई ठक्कर दिइएको थियो भन्ने बारे घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पुरा पढौ

‘लासा’ ज्वरोबाट ७० को मृत्यु

‘लासा’ नाम दिइएको ज्वरोबाट नाइजेरियामा मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ७० पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले यो ज्वरोबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने जनाएको छ । यहाँ उक्त ज्वरोको प्रकोप प्रतिदिन बढ्दो मात्रामा रहेको पनि बताइएको छ । यस ज्वरोबाट सङ्क्रमित भएर अस्पताल भर्ना भएका व्यक्तिको संख्या ४७२ जना रहेको छ । यसबाट यहाँको जनघनत्व बढी भएको यस अफ्रिकन… पुरा पढौ

अचेत फेला परेकी कार्की पत्नीको मृत्यु

अचेत फेला परेकी पूर्वसचिव अजुर्न कार्कीर्की पत्नी मुना कार्कीको उपचारको क्रममा स्टार अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । सानेपास्थित आफ्नै निवासमा गम्भीर घाइते भएकी पूर्वसचिव कार्कीकी पत्नी मुनाको उपचारको क्रममा मृत्यु भएको हो । सानेपास्थित निवासमा कार्कीकी श्रीमती मुना कार्की अचेत अवस्थामा घरको भान्सा कोठामा रगतले लतपतिएको अवस्थामा भेटिएकी थिइन् । साथै, घरमा कामदार रहेका दाङ घर भएका विजय चौधरीको शव पनि फेला परेको ललितपुर प्रहरी परिसरले बताएको थियो… पुरा पढौ

टिपरको ठक्करबाट २ जनाको मृत्यु

कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । बुधबार राति बजे कलंकीको अण्डरपासमा बल्खुबाट कलंकीतर्फ आइरहेको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दुबैजनाको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । मृत्यु हुनेमा रौतहटका हटहरिया गाउँपालिका–४ का १९ वर्षका राकेशकुमार चौधरी र कटहरिया– ७ का २४ वर्षका मुन्ना चौधरी रहेका छन् । टिपरको ठक्करबाट गम्भीर घाइते भएका… पुरा पढौ

बोराको थुप्रोले थिच्दा एकै परिवारका ४ जनाको मृत्यु

बोराको थुप्रोले थिच्दा भैरहवामा एकै परिवारका चार जनाको मृत्यु भएको छ । भारतको बिहार घर भई १२/१५ वर्षदेखि सिद्धार्थनगर नगरपालिका वडा नं-६ गल्लामण्डीमा भाडामा बस्दै आएका ३० वर्षका सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र दुई वर्षीया छोरी सहिना रजाको मृत्यु भएको हो । घरमा आफैंले संकलन गरेर राखेको बोराका चाङले घेरिएको साँघुरो स्थानमा सुतिरहेका उनिहरुलाई बोराको थुप्रोले च्यापिरहेको अवस्थामा प्रहरीले बिहीबार विहान… पुरा पढौ

अग्रज पत्रकार पन्नालाल गुप्ताको निधन

बाँकेका अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन भएको छ । ९२ वर्षीय गुप्ताको गएराति उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो। केही वर्षयता अस्वस्थ रहेका सेनानी गुप्ताले बुधबार साँझ बान्ता गरेपछि अस्पताल लगिएको थियो। सेनानी गुप्ताका छोरा तथा पूर्वनगरप्रमुख विजयकुमार गुप्ताले उपचारका क्रममा उनको निधन भएको बताएका छन् । नेपालगञ्जको पत्रकारितामा छुट्टै पहिचान बनाएका सेनानी गुप्ताले ‘किरण साप्ताहिक’को सम्पादक रहेर लामो समय पत्रकारिता गरेका थिए। पत्रकारितामा… पुरा पढौ

ललितपुरमा एक दम्पतीको निसास्सिएर मृत्यु

ललितपुरमा एक दम्पतीको निसास्सिएर मृत्यु भएको छ। ललितपुर(१४ विशालचौकस्थित फिट एण्ड फाइन जिमखानाको साउनामा वाफ लिन गएका श्रीमान(श्रीमती ४० वर्षीय हस्त मगर र ३७ वर्षीया नेत्रकुमारी मगरको बुधबार राति मृत्यु भएको हो । जिम सकेर साउना बाथ लिन गएको उनीहरू राति करिब ९ बजे बेहोस अवस्थामा भेटिएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि पाटन अस्पताल ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । मृतक हस्त मगर पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव… पुरा पढौ

दुर्घटनामा श्रीमान्-श्रीमतीको मृत्यु, छोरा घाइते

धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित गोदारमा भएको दुर्घटनामा एक दम्पतिको मृत्यु भएको छ । बुधबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स १ च १८५८ नम्बरको जिप बुधबार एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी ४० वर्षीया पत्नी प्रमिला साहको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा साहका ९ वर्षीय छोरा जोन साह समान्य घाइते भएका छन् ।… पुरा पढौ

२ ट्रक आपसमा ठोक्किँदा ३ को मृत्यु, ९ घाइते

रूपन्देहीको रोहिणीमा दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन्। मंगलबार बिहान भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्। दुर्घटनामा पाल्ही नन्दन गाउँपालिका ४ का लालु कुर्मी , भविकन कुर्मी र पूर्णबहादुर भुजेलको मृत्यु भएको हो। घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको रुपन्देही प्रहरीले जनाएको छ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं