milan grugung

मनाङेको झापड खाएका गुरुङ २ लाख धरौटीमा रिहा

दीपक मनाङेको झापड खाएका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष मिलन गुरुङ धरौटीमा छुटेका छन् । मिलन उच्च अदालत पोखराको आदेशमा २ लाख धरौटी तिरेर फागुन १९ मा उपस्थित हुने गरि तारेखमा छुटेका हुन् । बैकिङ कसुर अन्तर्गतको जाहेरीमा उनलाई प्रहरीले यहि माघ १० गते हिरासतमा लिएको थियो । पोखरामा आयोजित मुख्यमन्त्री कपको उद्घाटन समारोहमा फितलो व्यवस्थापन गरेको भन्दै सांसद दीपक मनाङेले झापड हानेका थिए । मनाङेको झापड खाएपछि मिलनले… पुरा पढौ

मनाङेको झापड खाएका मिलन गुरूङ पनि पक्राउ

सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पोखराको गैह्रापाटनबाट पक्राउ गरिएको हो । उनी ओम गौरा होस्टेलका सञ्चालक हरिभक्त अचार्यको उजुरीमा पक्राउ परेका हुन् । मिलनविरुद्ध पोखरा क्रियटिभ अवार्ड हाउसले पनि ठाडो उजुरी दिएको थियो । एन्फा कास्कीका अध्यक्ष रहेका गुरूङलाई सांसद मनाङेले मंगलबार झापड हानेका थिए। यता, मनाङेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न… पुरा पढौ

दिपक मनाङे बिरुद्ध उजुरी दिन्छु:एन्फा कास्की अध्यक्ष गुरुङ

मंगलबार गण्डकी प्रदेश सदस्य राजीव गुरुङ (दिपक मनाङे) बाट कुटिएका कास्की जिल्ला फुटबल संघका कास्कीका अध्यक्ष मिलन गुरुङले कानूनी उपचार खोज्ने बताएका छन् । लेखनाथको भण्डारढीकस्थित खेल मैदानमा आयोजित गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उदघाटन समारोहमै सदस्य गुरुङले एन्फा कास्की अध्यक्ष गुरुङमाथि हातपात गरेका थिए । हातपात गरेको भोलिपल्टै बुधबार विहान सञ्चारकर्मीसँग कुरा गर्दै फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफुमाथि भएको हातपातको कानूनी उपचार खोज्ने स्पष्ट पारे… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं