maxico

सडक दुर्घटनामा १४ जनाको मृत्यु

मेक्सिकोमा भएको सडक दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ ।बुधबार भएको सो दुर्घटनामा मृत्यु भएकामध्ये ५ जना बालबालिका रहेका छन् भने अन्य १२ जना घाइते भएको स्थानीय स्रोतले जनाएको छ । बस ट्रकसँग ठोक्किएपछि भएको आगलागीमा परी यो हताहत भएको अधिकारीहरुले जनाएका छन्।गौन्जौटोबाट पुएर्टो भाल्लार्तातर्फ गइरहेको सो बसमा एउटै परिवारका व्यक्तिहरु रहेका थिए। दुर्घटनामा घाइते भएकाहरुलाई तत्कालै उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि लगिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्। पुरा पढौ

अदालतले रोक्यो ट्रम्पको आदेश

विदेशी आप्रवासीलाई अमेरिकामा आश्रय नदिनेसम्बन्धी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले अस्वीकृत गरिदिएको छ । ट्रम्प प्रशासनले गैरकानुनी रुपमा मेक्सिकोतिरको सिमानाबाट अमेरिका भित्रिनेहरुलाई नियन्त्रण गर्नेगरी नयाँ आप्रवासन नियम ल्याएको थियो । नौ सदस्यीय अमेरिकी सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जोन रोबर्ट सहित पाँच न्यायाधीशले ट्रम्पको आग्रहलाई अस्वीकार गरेका हुन् । ट्रम्प प्रशासनले भने मध्यअमेरिकी आप्रवासीहरुको आगमन मुलुकका लागि बेफाइदा हुने जनाएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं