malesiya

मलेसिया माथि क्लिन स्वीप

अन्तिम दिन बिहीबार नेपाल भ्रमणमा रहेको मलेसिया ११ लाई पाँच विकेटले पराजित गर्दै तीन खेलको एकदिवसीय श्रृखंला क्लिन स्वीप गरेको छ । त्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीले पाँच विकेटले पराजित गर्दै क्लिन स्वीप गर्दा रोहितकुमार पौडेलको उत्कृष्ट लय फेरी एक पटक पोखराको क्रिकेट मैदानमा देखियो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भईरहेको एक दिवसीय खेलको अन्तिम दिन रोहितले ८१ रनको इनिङ्स खेल्दै मलेसियाँले दिएको १५९ रनको लक्ष्यलाई पाँच विकेट… पुरा पढौ

रोजगारीका लागि मलेशिया पुगेको २ महिनामै मृत्यु

वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ । अन्दाजी ४२ वर्षीय बयम्बुको यही कात्तिक २६ गते साँझ मलेशियामा मृत्यु भएको उनका आफन्त होम राई मगरले जानकारी दिए । काठमाडौँस्थित रिजा ओभरसिसमार्फत मलेशियाको जेराई सेक्युरिटी सर्भिसेस कम्पनीमा काम गर्न बयम्बु मलेशिया दुई महिना अघिमात्रै पुगेका थिए । मलेशिया पुगेदेखि नै बिरामी बयम्बुको उपचारमा म्यानपावर र कम्पनीले समयमा नै चासो नदेखाउँदा ज्यान गएको… पुरा पढौ

रोजगारीका लागि मलेसिया गएका एक नेपालीको मृत्यु

रोजगारीका लागि मलेसिया गएका दाङका एक जनाको ज्यान गएको छ ।शान्तिनगर गाउँपालिका २ को बाघमारे भन्ने ठाउँका ४२ वर्षीय मोहन केसी ९कान्छो० को गएको असोज २९ गते ज्यान गएको हो । दशैंको टीकाका दिन एक्कासी बेहोस भएपछि उपचारका लागि उनलाई मलेसियाकै एक अस्पतालमा लगिएको र उपचारका क्रममा ज्यान गएको आफन्त सुरेश ओलीले बताए । केसी डीएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ को रुपमा काम गर्न एक महिनाअघि मात्रै मलेसिया गएका… पुरा पढौ

मलेशियामा कार्यरत एक युवकको मृत्यु

वैदेशिक रोजगारीका लागि विगत ३ वर्षदेखि मलेशियामा कार्यरत सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ । माप्य, दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको हो । बिहीबार सवारी दुर्घटनामा परी घाइते भएपछि उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको उहाँका भाइ दानकुबिर राईले जानकारि दिए । मृतक राई मलेशियाको मलकाको सुङ्गाइ कोलाबारु मजिस्थानाम रहेको केल्विन कम्पनीमा सामान डेलिभरी गर्ने सहयोगीका रुपमा तीन वर्षदेखि कार्यरत थिए। मृतक राईको शव… पुरा पढौ

विरालो मार्ने ट्याक्सी चालकलाई जेल सजाय

एजेन्सी– मलेसियाका एक जना ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जेल सजायको फैसला गरेको छ ।  गर्भवती भएको विरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् ।  जनावर अधिकारवादी र कानुन व्यवसायीले ए. मोहनराजले अनावश्यक रुपमा चालकले विरालोलाई मारेको अभियोग लगाउदै कारबाहीको माग गरेका थिए ।  क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा घटना भएको जनाएको छ । विरालोको हत्या सम्वन्धी दृश्य सिसिटिभीमा खिचिएको थियो र त्यो… पुरा पढौ

मलेसियामा यही महिना नयाँ राजा

मलेसियामा बाहलवाला राजाले पद त्याग गरेकाले यही महिना नयाँ राजा चयन गरिने भएको छ । नयाँ राजा चयनसँगै उनको पदबहाली समारोह पनि यही महिना गर्ने कार्यतालिका बनाइएको राजप्रासाद अधिकारीहरुले सोमबार बताएका छन् । मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा चयन गर्ने अनौठो प्रचलन रहेको छ । पछिल्ला राजा सुल्तान मुहम्मद पाँचौँले आफ्नो कार्यकाल पूरा नहुँदै आइतबारदेखि लागू हुनेगरी राजगद्दी त्यागेको घोषणा गर्नु भएपछि नयाँ राजाको खोजीका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं