mahotsav

तमु प्ये ल्हु संघको रक्तदानमा ४५ युनिट रगत संकलन

तमु प्ये ल्हु संघ, केन्द्रीय कार्य समितिको आयोजनामा जारी बृहत तमु फो–ल्होसार महोत्सव अन्तर्गत शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदानमा ४५ युनिट रगत संकलन भएको छ । तमु जातिको महान् पर्व तमु ल्होसारका अवसरमा आयोजित रक्तदान कार्यक्रमको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख, प्रहरी उपरीक्षक ओमबहादुर रानाले पहिलो रक्तदाता केन्द्रीय युवा समितिका कोषाध्यक्ष जीवन प्हच्यु तमुलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरे । प्रहरी उपरीक्षक रानाले तमु प्ये… पुरा पढौ

काहुँडाँडामा महोत्सव सुरु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरा अन्तराष्ट्रिय क्षेत्रीय विमानस्थल तोकिएको समय भन्दा छ महिना अघि नै बन्ने बताएका छन् । जनकल्याण क्लवद्धारा पोखराको काहुँडाँडामा आयोजना गरिएको तेस्रो काहुँ धरहरा महोत्सव उद्घाटन गर्दै उनले विमानस्थल निर्माण कार्य तीव्र गतिमा भएको कारण सन २०२१ को सुरुदेखि नै सञ्चालनमा आउने विश्वास व्यक्त गरे । ११ महिनाको अवधिमा हवाई जहाजबाट ११ लाख र सडक यातायातबाट १२ लाख गरी कुल २२ लाख… पुरा पढौ

सफल एक्स्पोको तयारी पूरा

पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुने ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५, पोखरा’ को तयारी पूरा भएको छ । मेला र महोत्सवमार्फत अर्थतन्त्र चलायमान बनाउन एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्न एक्स्पो आयोजना गरिएको हो । आयोजक पोखरा उद्योग वाणिज्य संघका अनुसार मंसिर १३ देखि २४ गतेसम्म हुने एक्सपो गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने छन् । एक्सपोको तयारीका सबै काम सकिएको मंगलबार… पुरा पढौ

एनप्याब्सान खेलकुद महोत्सव १८ गतेदेखि

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल, कास्की (एनप्याब्सान कास्की)को आयोजनामा एनप्याब्सान खेलकुद महोत्सव हुने भएको छ । महोत्वसवको १२ औं संस्करण मंसिर १८ देखि २१ गतेसम्म पोखरा रंगशालामा हुने भएको हो । ‘एनप्याब्सान कास्कीको संकल्प, खेलकुद शिक्षाको अभिन्न अंग’ भन्ने नारा लिएको उक्त प्रतियोगितामा फुटबल, भलिबल, टेबुलटेनिस, ह्यान्डबल, बास्केटबल तथा एथलेटिक्स प्रतियोगिता जुनियर र सिनियर तहमा सञ्चालित हुने छन् । महोत्सवलाई सफल बनाउनका लागि एनप्याब्सान कास्की अध्यक्ष रामबहादुर मोचीको… पुरा पढौ

भण्डारढिकमा आदर्श महोत्सव सुरु

लेखनाथको भण्डारढिकमा शुक्रबारबाट प्रथम आदर्श महोत्सवको सुरु भएको छ । महोत्सवमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले युवा नै देश विकासका मुख्य धरोहर भएको भन्दै उद्यमशील र कर्मठ बन्न आग्रह गरे। उनले देश समृद्धिको बाटोतर्फ अघि बढिरहेकाले हिम्मतका साथ अघि बढ्ने युवालाई सरकारले बलबुताले सहयोग गर्ने बताए । देशलाई धनी बनाउन यहाँका जमीनसहित युवाको सीप क्षमता र दक्षताको भरपुर उपयोग हुनुपर्ने आवश्यकता औंल्याए । पुस ९ गतेसम्म भण्डारढिक खेल मैदानमा सञ्चालन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं