mahayagya

प्राविधिक शिक्षा गाउँमै दिन महायज्ञ

विद्यालयमा प्राविधिक शिक्षा दिने उद्देश्यले स्याङ्जाको क्याक्मीस्थित पीताम्बर माविले महायज्ञ आयोजना गर्ने भएको छ । २००९ सालमा स्थापना भएको उक्त विद्यालयले हाल उच्च माविमा शिक्षा संकायमात्र पढाइ गर्दै आएकोमा गाउँमै विद्यार्थीलाई प्राविधिक शिक्षा दिने र बसाइँसराइँ र रोजगारीको लागि सहयोग पुर्‍याउँने भन्दै महायज्ञ आयोजना गरिएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा विद्यालयका प्रधानध्यापक शालिकराम लम्सालले प्राविधिक शिक्षाको व्यवस्था नहँदा गाउँमा युवाहरु अट्न नसक्ने र फलस्वरुप बसाइँसराइँ बढ्दै… पुरा पढौ

जामुनेडाँडामा बागबानी पढाउन महायज्ञ

स्याङ्जा बिरुवा गाउँपालिका २ मोचाबारीमा श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ हुने भएको छ । विसं २०१७ सालमा स्थापित जामुनेडाडाँ माध्यमिक विद्यालयले आगामी माघ ३ देखि महायज्ञ सुरु गर्ने जनाएको छ । विद्यालयमा प्राविधिक शिक्षा (वागवानी विज्ञान) सञ्चालनार्थ ज्ञान महायज्ञ आयोजना गर्न लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पण्डित दीपकप्रसाद पौडेलले कथा वाचन गर्ने महायज्ञमा २ करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ… पुरा पढौ

स्कुल चलाउन महायज्ञ

विद्यार्थी अभावका कारण आठ वर्षदेखि बन्द रहेको सामुदायिक विद्यालय सञ्चालनका लागि महायज्ञ सञ्चालन गरिएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिका–२ बगरफाँटस्थित शिद्धबाबा आधारभूत विद्यालय पुनः सञ्चालनमा ल्याउन महायज्ञ लगाइएको हो । गाउँका विद्यार्थी निजी विद्यालयमा भर्ना हुँदा तथा कतिपय सदरमुकाम झरेका कारण २०६८ देखि विद्यालय बन्द छ । विद्यालयको सर्वाङ्गीण विकास र गुणस्तरीय शिक्षा सहित कक्षा १ देखि १० सम्म पठनपाठन गर्ने उद्देश्यले महायज्ञ लगाइएको वडाध्यक्ष गोविन्द खत्रीले जानकारी दिए… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं