madira

मदिरा शेवनबाट मृत्यु भएका परिवारलाई ३-३लाख दिने

धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३-३ लाख राहतस्वरुप प्रदान गर्ने भएको छ । मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सवैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा आज विहान पुगेर पीडित परिवारलाई समवेद्ना प्रकट गर्दै सो राहत रकम प्रदान गर्ने घोषणा गरेका हुन् । सो अवसरमा उनले विषाक्त मदिरा विक्री वितरण तथा उत्पादन गर्नेलाई कानूनको दायरामा ल्याउने स्पष्ट पार्दै प्रदेशलाई चाडै ‘खुल्ला मदिरामुक्त प्रदेश’ घोषणा गर्ने… पुरा पढौ

मदिरा सेवनपछि छुरा हानेर आफ्नै साथिको हत्या

भक्तपुरमा मदिरा सेवनका क्रममा सामान्य विवाद हुदा आफ्नै साथिले छुरा प्रहार गरेर एक किशोरको हत्या भएको छ । बुधबार साँझ छुरा प्रहारबाट भक्तपुर–१०, चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको मृत्यु भएको हो । ५ किशोरहरूले सल्लाहमा भक्तपुर नगरपालिका–६, भोलाछेंमा मदिरा सेवन गरेका थिए । मदिरा सेवनका क्रममा उनीहरूबीच सामान्य विवाद हुदाँ आफ्नै साथीले छुरा रोपेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्नको अभियोगमा १५ र १६ वर्षीय… पुरा पढौ

मदिरा बेच्ने र खाने दुबैलाई जारिवाना

जिल्लाको शिखर नगरपालिका वडा नं १ कपल्लेकीले आफ्नो वडामा मदिरा बिक्री वितरण गर्ने तथा खानेलाई कारवाही गर्ने भएको छ । वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको मङ्गलबारको बैठकले वडाभरिमा मदिरा बिक्री वितरण व्यापक भएको भन्ने गुनासो आएपछि बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो । वडाभरिमा मदिरा बिक्री वितरण गर्नेलाई रु १० हजार र खानेलाई रु पाँच हजार जारिवाना तिराउने निर्णय गरिएको वडाध्यक्ष खड्कबहादुर शाहीले बताएका छन् । वडामा… पुरा पढौ

कार्यालय समयमै मदिरामा मस्त

पाल्पाको बगनासकाली गाउँपालिका वडा नं ५ दर्लमडाँडाका वडा सचिव हरि नरायाण बस्याल तिजको दिन कार्यालय समयमा मदिराले मस्त भएर मोटरसाइकल चलाउँदा तानसेन–६ बर्तुङ्गबाट पक्राउ परेका छन् । बर्तुङ्ग प्रहरीले मापसे चेकजाँचका क्रममा कार्यालय समयमा उनले मादक पदार्थ सेवन गरेर  १ ब ९८२ नम्बरको सरकारी मोटरसाइकल चलाएर हिँड्डा हुन्प्रहरी फन्दामा परेका हुन्  वडा सचिवलाई थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय पाल्पामा राखिएको छ । उनलाई नियम अनुसार कारवाही हुने बताएइको । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं