lamjung

लमजुङको मतदान केन्द्र नजिकै विस्फोट

आज देशका विभिन्न क्षेत्रहरुमा उपनिर्वाचन भईरहेको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको भनिएपनि लमजुङमा मतदान केन्द्रनजिकै बम विस्फोट भएको छ । जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं २ को महेन्द्र मन्दिर माबिनजिकैको मतदान केन्द्रमा बम बिस्फोट भएको हो । बिस्फोटबाट कुनै पनि क्षति भने भएको छैन । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालिरहेको बताएको छ। लम्जुङको सुन्दरबजार नगरपालिका वडा नं २ मा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । पुरा पढौ

लमजुङ सङ्गम लोकार्पण

लमजुङको भौगोलिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, पर्यटन आदि पक्ष विशेषको विविध सँगालो लमजुङ सङ्गम रजत स्मारिका एक समारोह बीच लोकार्पण भएको छ । लमजुङ पोखरा सम्पर्क समितिको २६ औं वार्षिकोत्सवको अवसरमा प्रतिनिधि सभा सदस्य गण्डकी प्रदेशका माननीय मायानाथ अधिकारी र माननीय धनञ्जय दवाडीले संयुक्त रुपमा लोकार्पण गरिएको हो । प्रमुख अतिथि माननीय अधिकारीले लमजुङलाई पोखरामा बसेर विभिन्न गतिविधिमा संलग्न हुँदै आएको लमजुङ पोखरा सम्पर्क समितिको महत्त्वपूर्ण संगालो प्रकाशन भएको सराहना गरे… पुरा पढौ

भोटे ओडार महोत्सव १८ गतेदेखि

लमजुङ सुन्दरबजार नगरपालिकाभित्रका पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि ‘भोटेओडार महोत्सव’ हुने भएको छ । लमजुङ उद्योग वाणिज्य संघ भोटेओडार इकाइको आयोजनामा यही माघ १८ देखि २७ गतेसम्म हुने महोत्सवमा १५० स्टल राख्ने आयोजकले जनाएको छ । ‘समृद्ध भोटेओडारको मूल आधार, पर्यटन प्रवद्र्धन, उद्योग व्यापार, परम्परागत सीप, कला र संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ हुने महोत्सव करिब १ लाख ५० हजारले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । महोत्सवलाई भव्य रुपमा… पुरा पढौ

लमजुङमा भूकम्पको धक्का

लमजुङमा आज अपराह्न ४ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बेंसीशहरमा छोटो तर कडा झड्का महसुुस भएको थियो भने उत्तरी लमजुङको बाहुनडाँडादेखि दक्षिणको सुन्दरबजार नगरपालिकासम्म भूकम्पको धक्का महसुुस भएको स्थानीयवासीले बताएका छन् । यसअघि गत २५ गते साँझ ७ बजेर ४९ मिनेटको समयमा सदरमुकाम बेंसीशहर नजिकै केन्द्रबिन्दु बनाएर… पुरा पढौ

लमजुङमा राष्ट्रिय बुद्ध सम्मेलन गरिदै,सम्मेलन को तयारी सुरु

लमजुङमा १२ औँ राष्ट्रिय बुद्ध सम्मेलन गरिने भएको छ । धर्मोदय सभा केन्द्रिय कार्यलय र धर्मोदय सभा जिल्ला शाखा लमजुङको संयुक्त आयोजनामा आगामी चैत चैत ८ ,९ र १० गते सम्मेलन गर्न लागिएको हो । वेसिशहरमा एक कार्यक्रम विच उक्त वुद्ध सम्मेलन वारे जानकारी दिएको हो । कार्यक्रममा धर्मोदय सभाका केन्द्रिय पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । धर्मादय सभाको नियमित कार्यक्रम अन्र्तगत प्रत्येक २ वर्षमा विभिन्न जिल्लामा राष्ट्रिय बुद्ध सम्मेलन… पुरा पढौ

मनाङको तापक्रम – १४ डिग्री

मनाङको तपक्रम –१४ डिग्री सेल्सियसमा झरेको छ । चिसोले झरना, खोलाको पानी जमेको छ भने खानपानी जोहो गर्न पनि मुस्किल छ । राति माइनस १४ डिग्रीसम्म तापक्रम पुगेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । चिसोका कारण जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । अधिकांश कर्मचारी बिदा मिलाएर हिडेका छन् भने स्थानीय पनि बेसीतिर झरेका छन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं