lalitpur

पूर्वमेयर शाक्यको निधन

नेपाली कांग्रेस ललितपुरका नेता एवं पूर्वमेयर बेखारत्न शाक्यको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका शाक्यको आज विहान निधन भएको ललितपुर महानगरपालिकाको उपमेयर गीत सत्यालले जानकारी दिएकी छिन् । शाक्य नेपाली कांग्रेसका तर्फबाट २०४९ सालमा ललितपुरको पहिलो मेयरमा निर्वाचित भएका थिए। पञ्चायतका कठोर दिनमा नेपाली कांग्रेसको संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका शाक्यको दुई छोरी एक छोरा र श्रीमती छन्। पुरा पढौ

ललितपुरमा एक दम्पतीको निसास्सिएर मृत्यु

ललितपुरमा एक दम्पतीको निसास्सिएर मृत्यु भएको छ। ललितपुर(१४ विशालचौकस्थित फिट एण्ड फाइन जिमखानाको साउनामा वाफ लिन गएका श्रीमान(श्रीमती ४० वर्षीय हस्त मगर र ३७ वर्षीया नेत्रकुमारी मगरको बुधबार राति मृत्यु भएको हो । जिम सकेर साउना बाथ लिन गएको उनीहरू राति करिब ९ बजे बेहोस अवस्थामा भेटिएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि पाटन अस्पताल ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । मृतक हस्त मगर पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव… पुरा पढौ

पोखराका किक बक्सिंग टोली ललितपुर तर्फ

 ललितपुरमा आयोजित खुल्ला गणेशमान सिंह स्मृति राष्ट्रिय किक बक्सिंग प्रतियोगितामा पोखराबाट ५ खेलाडीसहित टोली प्रतिस्पर्धामा रिंगमा उत्रिएको छ । नेपाल मुवाथाई संघ कास्कीले उनीहरुलाई विदाई गर्यो । ५० केजी पुरुष तर्फ धिरज परियार, ५५ केजी तौलमा मनिस दर्लामी मगर, ६० केजी तौलमा एलिस आचार्य।, महिला ५० केजी तौलमा ज्योति मल्ल ठकुरी र खुल्ला तौल समूहमा सुष्मी श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । खेलाडीसहित प्रशिक्षक दिपकबहादुर गोदार छन् । उनीहरुलाई प्रमुख जिल्ला… पुरा पढौ

बलात्कार अभियोगमा नेकपा र कांग्रेसका २ नेता पक्राउ

प्रहरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संघ र कांग्रेसको विद्यार्थी संगठनका एक/एकजना नेतालाई बलात्कार आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेल छन् । महानगरीय प्रहरी परिसर, जावलाखेलले दुवै जनालाई ३ कात्तिकमा पक्राउ गरेको हो । ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार पोखरेलले आफू पूर्वएमालेको युवा संघको उद्योग तथा समृद्धि विभागको सदस्य भएको बताएका छन् भने गजुरेलले नेविसंघको पूर्वकेन्द्रीय सदस्य र हाल… पुरा पढौ

स्कुल बसले किच्दा आठ वर्षीय बालकको मृत्यु

ललितपुर को गोदावरी नगरपालिका वडानम्बर ९ छम्पीमा एक विद्यालयको बसले किच्दा एलकेजीमा अध्ययनरत बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आठ वर्षीय नवीन घिमिरे छन् । सोमबार बिहान करिब सवा ९ बजेतिर विद्यालय जाने क्रममा होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको बसमा उनी चढेलगत्तै ढोकाबाट खसेको र सोही बसको पछाडिको पांग्राले किचेको प्रत्यक्षदर्शीले बताएका छन् । चालक र बसलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको ललितपुर प्रहरी… पुरा पढौ

किसनको गीतमा कुम जोडी नाचे निकोलस र एन्जल

शिशिर राणाको निर्देशनमा निकोलस र एन्जलको 'कुम जोडी नाचौंला' -किशनको 'कुम जोडी नाचौंला' मार्फत कलाकार शिशीर राणा भिडियो निर्देशनमा गायक किशन रेग्मीको 'कुम जोडी नाचौंला' गीतको भिडियो छायांकन भएको छ । बरिष्ठ कलाकार तथा चलचित्र निर्देशक शिशीर राणाको निर्देशनमा गायक रेग्मीको 'कुम जोडी नाचौंला' गीतको भिडियो आज ललितपुरको भैंसेपाटीमा छायांकन गरिएको हो । हाल अमेरिकामा रहँदै आएका सञ्चारकर्मी तथा गायक किसन रेग्मीको 'कुम जोडी' गीत कलाकार तथा निर्देशक राणाले निर्देशन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं