laguausad

लागू औषधसहित श्रीमान्–श्रीमती पक्राउ

प्रतिबन्धित लागू औषधसहित मोरङमा श्रीमान् र श्रीमती पक्राउ परेका छन् । पक्राउ पर्नेमा पिचरा घर भएका २६ वर्षीय दिपेश श्रेष्ठ र उनकी श्रीमती २१ वर्षीय तृष्णा श्रेष्ठ रहेका छन् । बिहीबार राति करिब साढे १२ बजे विराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको मोबाइल टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लुपिजेसिक, एभिल, डाईजोल्याप नामक २ सय ६० पिस लागू औषध र सिरिन्ज थान फेला परेको थियो । उनीहरुलाई… पुरा पढौ

स्वास्थ्य चौकीको एम्बुलेन्सबाट साढे ३० किलो गाँजा बरामद

प्रहरीले हेटौंडा उपमहानगरपालिकाबाट ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । शनिबार साँझ प्रहरीले वडा नम्बर १९ बाट बा २ झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणमा गाँजा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय मकवानपुरको नेवारपानीबाट खटिएको टोलीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो । उक्त सरकारी एम्बुलेन्स रौतहटको डुमरिया स्वास्थ्य चौकीको रहेको खुलेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा चालक डुमरिया नगरपालिका–९ का मोहम्मद खलिद, डुमरिया–४… पुरा पढौ

मोरङबाट लागुऔषधसहित १ युवक पक्राउ

मोरङबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले एक जनालाई पक्रउ गरेको छ । जिल्लाको कानेपोखरी गाँउपालिका–६ का २३ वर्षीय सिमन मगर बुधबारराति पक्राउ परेका हुन्। चेकजाँचका क्रममा साथबाट लागुऔषध बरामद भएपछि मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । मगरको साथबाट लागुऔाषध नाइट्रोभेट ८ पिस, स्पाजमोल ट्याब्लेट १७ पिस र पृजोल नामक ट्याब्लेट ५ पिस बरामद भएको उनले बताएका छन् । पुरा पढौ

प्रतिबन्धित लागुऔषधसहित २ युवक पक्राउ

प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले बुधबार २ युवकलाई पक्राउ गरेको छ। जिल्लाको भगवानपुर गाउँपालिका–५ निवासी २१ वर्षीय मुकेश कुमार र २५ वर्षीय सञ्जयकुमार यादवलाई प्रहरीचौकी ठडीबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित पक्राउ गरेको हो । मोटरसाइकलमा आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा डाइलेक्स डिसी १५ बोतल, डाइजेल्याब १८ पिस, प्रेमेथिन हाइड्राइड १८ पिस, नोरफिन १९ पिस र नाइट्रोभेट ३० पिस बरामद भएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। पुरा पढौ

लागूऔषधसहित १ भारतिय नागरिक पक्राउ

प्रतिबन्धित लागूऔषधसहित १ भारतिय नागरिकलाई लागूऔषध नियन्त्रण व्युरो पोखराले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मुजापुर जिल्ला घरभई हाल जिल्ला कास्की पोखरा महानगरपालिका(०५ मालेपाटन स्थित मिलनमार्ग बस्ने २८ वर्षिय आकाश कुमार रहेका छन् । उनले पोखरा नगर क्षेत्रका विभिन्न स्थानहरुमा लागूऔषधको खरिद ,विक्रिवितरण,ओसारपसार तथा सञ्चय समेत गर्दछन् भन्ने विशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो पोखराको विशेष निगरानीमा परेका उनलाई आईतबार व्युरोका ईन्चार्ज प्रहरी निरीक्षक टेक बहादुर रावत सहितको प्रहरी टोलिले… पुरा पढौ

गाँजासहित एक युवक बाराबाट पक्राउ

प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई सोमबार प्रहरीले बाराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पचरौता नगरपालिका बेनौलीका २५ वर्षीय कृष्ण साह रहेका छन् । प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीको टोलीले साहलाई पचरौता नगरपालिका(७ भवानीपुर टोलबाट पक्राउ गरी उनको साथबाट ५ केजी गाँजा बरामद गरेका प्रहरीले जनाएको छ । पुरा पढौ

लागुऔषधसहित ३ युवक पक्राउ

सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका– ७ निवासी १८ वर्षीय रोशन खड्का, सोही ठाउँका ३० वर्षीय गोविन्द नेपाल र भारतको जिल्ला मधुवनी थना लौकाहा खुटौना फूलपरास निवासी १८ वर्षीय मोहम्मद रियाज रहेका छन्। प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले बिआर ३२ यू ४७९९ नंकोे मोटरसाइकललाई जाँच गर्दा तीनै जनाको साथबाट नाइट्रोभेट १४ पत्ता, स्पास्मो ५ पत्ता र गाँजा १०… पुरा पढौ

चरेससहित १ जना पक्राउ

प्रहरीले ३ किलोग्राम १२ ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा३ख ९६७३ नंको यात्रुवाहक बस चेकजाँचका क्रममा मकवानपुर थाहा नगरपालिका–७ का ५३ वर्षीय लक्ष्मण सिञ्जालीमगरलाई आइतबार राति पक्राउ गरेको हो । प्रभागका प्रमुख, प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले कालो झोलामा चरेस लुकाएर काठमाडौँ ल्याउँदै गरेको अवस्थामा सिञ्जालीमगरलाई पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय… पुरा पढौ

लागुऔषधसहित ३ पक्राउ

लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दिया जिल्ला प्रहरीले पक्राउ गरेको छ । बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय फरिद अन्सारी, सोही वडा निवासी ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय सुरेश सुनारलाई ८५० मिलीग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । तीनै जनालाई लागुऔषध शीर्षकमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिएका छन् । पुरा पढौ

लागुऔषध सहित २ जना पक्राउ

उदयपुरबाट लागुऔषध सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय युवाहरुले आफ्नै कोठाबाट लागुऔषध बेचबिखन गरिरहेको भन्ने सूचना पाए पछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-११ का २८ बर्षीय उद्धव तामाङ र १८ बर्षीय सोभित चौधरीलाई पक्राउ गरेको हो । निजहरुको कोठा खानतलासी गर्दा कोठाबाट डाईजोल्याव १६ एम्पुल, नोर्फिन १६ एम्पुल, फेनारागन १६ एम्पुल, खाली सिरिन्ज ३ थान, कौडा १६ थान, डाईसको गोटी ६ थान र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं