khotang

गाउँपालिका प्रमुखको गाडीमा आगजनी

खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख चढ्ने सरकारी गाडीमा आगजनी भएको छ। रावावेँसी गाउँपलिका अध्यक्ष लिलानाथ निरौला चढ्ने बा २ झ ३५२४ नम्बरको गाडीमा आगजनी भएको हो । रावावेँसी ५ दुवेकोलस्थित निवासमा पार्किङ गरेर राखिएको गाडी आगलागीबाट पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ। ‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो,’ अध्यक्ष निरौलाले भने, ‘उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो।’करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको… पुरा पढौ

खोटाङमा राप्रपा उम्मेदवारलाई १ भोट

खोटाङको सोकला गाउँपालिका वडा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार इन्द्रबहादुर खड्काले आफ्नै १ भोट मात्र पाएका छन् । सत्तारूढ नेपाल कम्यनिष्ट पार्टी नेकपाकी उम्मेदवार शिवकला राईले तीन सय ९१ मत प्राप्त गरी विजयी भएकी छन् भने नेपाली कांग्रेसका उम्मेदवार शुक्रबहादुरले तामाङ ३ सय ७४ मत प्राप्त गरेका छन् । यहाँ सात सय ९६ मत खसेकोमा १५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं