kavrepalanchok

रुखबाट खसेर वडासचिवको मृत्यु

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ । घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते भएका ५० वर्षीय सत्यालको धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिएका छन् । उनले लामो समयदेखि वडासचिवका रुपमा काम गर्दै आएका थिए । पुरा पढौ

मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८, अरनिको राजमार्गस्थित त्रिपन्नकिलोमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा श्रीमती मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार दोलखा माइती गई घर धुलिखेलतर्फ फर्कने क्रममा प्रदेश नं ३–०२–००५प ९७८५ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका ४५ वर्षीया नीरमाया तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो। दुघर्टनामा परी घाइते भएका मृतकका श्रीमान ५० वर्षीय खुसीमान तामाङको… पुरा पढौ

सोनाम ल्होसारमा बिदा

तामाङ समुदायको सांस्कृतिक पर्व ड्वाल्हो सोनाम ल्होछारका लागि यहाँका स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । तामाङ समुदायको बाहुल्य रहेका चौँरीदेउराली गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ भने तेमाल, महाभारत र रोशी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएका छन् । चौँरीदेउराली गाउँपालिका तामाङ समुदायको आदिभूमि रहेकाले पर्व, धर्म, संस्कृति, संरक्षण र संवद्र्धन गर्नु सरकारको दायित्व रहेको जनाउँदै गत बिहीबारको बैठकले यही माघ २२ र २३ गते दुई दिन सार्वजनिक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं