kathmandu

गोदावरी नगरपालिकाले ५ वटा बस सञ्चालन गर्ने

गोदावरी नगरपालिकाले छिट्टै ५ वटा नगर बस सञ्चालन गर्ने भएको छ । चापागाउँमा नगरपालिकाको कार्यालय रहँदा दुई बस चढेर आउनुपर्ने जनताको गुनासो बढेसँगै गोदावरीले उक्त बस सञ्चालन गर्न लागेको हो । कार्यालयबाट पर रहेको स्थान वडा नं– १ गोदामचौर, वडा नं २ विशङ्खु, वडा न। ७ देवीचौर, वडा नं ८ डुकुछाप र वडा नं ९ छम्पी हुँदै बस घुमाएर जनतालाई सुविधा दिइने नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । उनले… पुरा पढौ

एपीएफ र ब्रिगेड बराबरीमा

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफ क्लब र ब्रिगेड ब्वाईज क्लब बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा कम्प्लेक्स मैदानमा बिहिबार भएको लिगको आफ्नो अन्तिम खेलमा एपीएफ र ब्रिगेडले १–१ गोलको बराबरी खेलेका हुन् । एपीएफका लागि खेलको ४४औं मिनेटमा आशिष लामालेगोल गरेका थिए । खेलको इन्ज्युरी समयमा ब्रिगेड ब्वाइजका लागि विजय गुरुङले बराबरी गोल फर्काएका थिए । बराबरीसँगै १३ खेबाट ९ अंक बनाएको एपीएफ १२ औं… पुरा पढौ

एनआरटीलाई हराउदै थ्रीस्टार तेस्रो स्थानमा

सहिद स्मारक ए डिभिजन लिग मा थ्रीस्टार क्लबले एनआरटीलाई पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा मैदानमा मगंलबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले हराउँदै थ्रीस्टार तेस्रोे स्थानमा पुगेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा थ्रीस्टारले दोस्रो हाफको ७७ औं मिनेटमा दिपेशले गरेको गोल नै थ्रीस्टारका लागि निर्णायक बन्यो । १२ खेल मध्ये ७ खेलमा जित २ मा बराबरी र ३ खेलमा हार भोगेको थ्रीस्टारको… पुरा पढौ

सरस्वतीमाथि जित निकाल्दै मछिन्द्र शीर्ष स्थानमा

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले सरस्वती युथ क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा लिगको दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबले सरस्वतीलाई ६–१ गोलअन्तरले पराजित गरेको हो। मछिन्द्रको जितमा दीपक राईले २ गोल ,विशाल राई, देवेन्द्र तामाङ, अडेलजा सोमिड र एन्ड्रेस १/१ गोल गरेका हुन। यता सरस्वतीका लागि कजिम बुसारीले गोल गरे। जितसँगै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको छ। मछिन्द्र क्लबको ११… पुरा पढौ

प्रमुख प्रशासकीय अधिकृत १ लाख घुससहित पक्राउ

काठमाडौंको चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल र सवारी चालक सञ्चित दुलाल १ लाख घुससहित पक्राउ परेका छन् । अधिकृत पौडेलले सूचना, सञ्चार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी विनियोजित रकमबाट घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उजुरी परेपछि आयोगको टंगाल कार्यालयबाट गएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका दुवैविरुद्ध अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन् । पुरा पढौ

काठमाडौंमा शनिबार दिनभर विजुली नआउने

काठमाडौका केही स्थानमा शनिबार दिनभर विजुली अवरुद्ध हुने भएको छ । चक्रपथ विस्तार कार्यका लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्न महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन शनिबार बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरूद्ध हुने भएको हो । नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै उक्त फिडरअन्तर्गत बसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायत क्षेत्रका विद्युत अवरूद्ध हुने जानकारी दिएको नेपाल विद्युत प्राधिकरणले… पुरा पढौ

फ्रेन्ड्ससँग च्यासल युथ क्लब पराजित

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फ्रेन्ड्स क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ । विहिबार दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सले च्यासललाई १-० गोल अन्तरले पराजित गरेको हो । खेलको ८४औ मिनेटमा फ्रेन्ड्सका लागि उत्तम राईले गोल गर्दै फ्रेन्ड्सलाई जित दिलाएका हुन् । जितसँगै ९ खेलमा ११ अंक भएको फ्रेन्ड्स अंक तालिकामा नवौँ स्थानमा उक्लिएको छ। चौथो हार भोगेको च्यासल ९ खेलमा ९ अंकसहित दशौँ स्थानमा छ। पुरा पढौ

मानव बेचबिखन आरोपमा वडाध्यक्षसहित ३ पक्राउ

मानव वेचविखनको आरोपमा दक्षिणकाली नगरपालिकाका–४ का वडाअध्यक्ष पुस्कर खड्कासहित ३ जना पक्राउ परेका छन् । महानगरिय प्रभाग सानेपा र महानगरिय प्रहरी परिसर ललितपुरको संयुक्त खड्कासहित काठमाडौँ महानगरपालिका वडा नं। १६ का वृजगोपाल श्रेष्ठ र भारत मोतिहारी चकिया विहार घर भई हाल ललितपुर महानगरपालिका–२ बस्ने नबल ठाकुर लाई नियन्त्रणमा लिएको हो । नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष खड्कासहित ३ जनालाई एक महिलाले देहव्यापार गर्ने गरेको उजुरी दिएपछि सानेपाको एक खाजाघरमा प्रहरीले… पुरा पढौ

सरस्वतीको पहिलो जित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै पहिलो जित निकालेको छ। मंगलबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सरस्वतीले हिमालयन शेर्पा क्लबलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । । सरस्वतीका लागि काजीम एडेगोके बुसारीले दुई गोल गरेका थिए भने बिनोद केसी र मनिष थापाले एक एक गोल गरेका थिए । त्यस्तै हिमालयन शेर्पाका लागि आशिष गुरुङ, विजय श्रेष्ठ र रबि थापा मगरले एक एक… पुरा पढौ

खुर्सानीको धुलो छर्केर लुटियो ५० लाख

काठमाडौंको बालाजुमा खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने ६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुटपाट गर्ने दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगरसहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने अन्यमा नुवाकोट दुप्चेश्वर नगरपालिका ६ का नकुर तामाङ, रसुवा आमा छोदिङ्मो गाउँपालिकाका दावा छिरिङ तामाङ, रामेछाप मन्थलीका कुमारबहादुर बुढाथोकी,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं